गुल्मी: नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसका महासमिति सदस्य डा. दामोदर भुसाल अब नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहेको बताएका छन्।
आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश `क´ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीको निर्णय विपरीत जाने काङ्ग्रेसको सदस्य हुन नसक्ने बताउदै उनलाई पार्टीले कारबाही गरेको कुरा जानकारी गराएका हुन । उहाँ काङ्ग्रेस नभएको कुरा महिले भनेको होइन केन्द्रले भनेको हो ।
हिजो मात्रै केन्द्रले विज्ञप्ति जारी गरि सो कुरा जानकारी गराएको पन्थीले उल्लेख गरे ।
साथै उनले भने ” हामी सबैले सम्झाई बुझाई गर्दा मान्नु भएन उहाँ जस्तो विद्वान डाक्टर मान्छेलाई पार्टीले कारबाही गर्दा दु:ख लागेको छ ” साथै उनले थपे दामोदर बागी उम्मेदवार उठेर कतै निर्वाचन हारिन्छ कि भन्ने चिन्ता छ भने त्यो चिन्ता हटाईदिनुस काङ्ग्रेस बाट कोहि पनि बागी उम्मेदवार छैनन्।”
साथै यस पटकको निर्वाचन गठबन्धनले सजिलै जित्ने उनको दावी छ । सबै दलका नेता, कार्यकर्ता ईमानदार पुर्वक लाग्न उनले निर्देशन समेत दिएका छन्। -गुल्मी अपडेट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







