Smoking Causes Cancer

उम्मेदवारी दर्ता गर्नुअघि नेता चन्द्र भण्डारीले लिए १०२ वर्षीया वृद्धको आशिर्वाद



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको १ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुअघि नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १०२ वर्षीय पण्डितको आशिर्वाद लिएका छन्।

उम्मेदवारी मनोनयन गर्न जानुअघि भण्डारीले पंण्डित फर्सुराम पन्थीको आशिर्वाद लिएका हुन्।

उनले माथिल्लो तम्घासस्थित तम्घास थान देवीको दर्शन गरेका थिए। नेपाली कांग्रेसका नेता भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

सिंचाई
Forest
Ad.

गुल्मी–१ बाट नेकपा एमालेका प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् । २०७० सालमा भण्डारीले प्रदीपलाई पराजित गरेका थिए भने २०७४ सालमा प्रदीपले भण्डारीलाई हराएका थिए । २ प्रभावशाली नेताको प्रतिस्पर्धाले गुल्मीको चुनावी रौनक बढाएको छ। -लोकान्तर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया