Salime Malika Krishi Farm

Awareness Campaign

माओवादी निकट शिक्षक संगठन गुल्मीको अध्यक्षमा गौतम निर्वाचित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा पुनः राजु गौतम अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिकामा सम्पन्न आठौं जिल्ला सम्मेलनले चन्द्रकोट गाउँपालिका निवासी गौतमलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा मदन गिरी (मालिका) सचिवमा बिष्णु कँडेल (धुर्कोट), कोषाध्यक्षमा विकास पौड्याल (मदाने) सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै कार्य समिति सदस्यहरुमा सुनिल थापा (चन्द्रकोट), दिपक खरेल (मुसिकोट), चिरञ्जिवी ज्ञवाली (रुरुक्षेत्र) , रेशम थापा (धुर्कोट) , विष्णुप्रसाद घिमिरे (मदाने), कमल ज्ञवाली (छत्रकोट), भविश्वर भण्डारी (इस्मा), तुलबहादुर थापा (कालिगण्डकी), गुणादेव सिंजाली (सत्यवती), यज्ञमुक्ती भण्डारी (चन्द्रकोट), मिना भण्डारी (गुल्मीदरवार) र धनिश्वर अर्याल (मालिका) निर्वाचित भएका छन् ।

सिंचाई
Forest
Ad.

कार्य समितिमा निर्वाचित १७ जना र ४ जना मनोनित सहित २१ जनाको जिल्ला समन्व्य समिति बन्ने विधान अनुसार गठन गरिएको सो संगठनका फ्याक्सन ईन्चार्ज तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश ईन्चार्ज खुमबहादुर थापाले जानकारी दिए।

उनका अनुसार १७ जना मध्ये रेसुङ्गा नगरपालिकामा चयन गर्न बाँकी छ । धुर्वप्रसाद खनाललाई मनोनित गरिएको छ ।

बाँकी ३ जना समावेशीबाट मनोनित गरिने भएको छ । सो संगठनको संस्थापक अध्यक्ष समेत रहेका थापाले राजु गौतमले २०७४ साल माघ १६ गते देखि सशक्त रुपमा संगठन हाँक्दै आएको र आठौं जिल्ला सम्मेलन पनि अहिले सम्म कै भव्य रुपमा सफल पारेकोले सिंगो हलले नै पुनः गौतम नै दोहरिनु पर्ने माग अनुसार अध्यक्षमा निर्वाचित गरिएको बताए ।

नवनिर्वाचित अध्यक्ष गौतमले वैज्ञानिक जिवनोपयोगी र मर्यादित शिक्षण पेशामा जोड दिने मुल नाराका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाए।

Awareness by SKF

शिक्षकहरुको ग्रेड संयोजन, राहत करार शिक्षक, बालविकास सहयोगी र विद्यालय कर्माचारीहरुको तलव बृद्धि लगायतका समस्या समाधानमा संगनठले विगतमा पनि पहल गर्दै आएको र आगामी दिनमा पनि जारी नै राख्ने बताए।

कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा सो संगठनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज मानबहादु पाण्डे, माओवादी नेताहरु बिरबहादुर कार्की, बुद्धि जिसी, निमबहादुर पाण्डृे भुपाल पोखरेल , खुमबहादुर थापा लगायतका नेताहरुले प्रशिक्षण मन्तब्य राखेका थिए।

कार्यक्रमा सो संगठनका केन्द्रीय सदस्यद्वय लक्ष्मीप्रसाद खना, डेलराज खनाल, प्रदेश सदस्यहरु बाबुराम खत्री, गुणादेव सिंजाली, ऋषिराम पाण्डे, गुणादेव अर्याल लगायतका नेताहरुले गरिव विपन्नहरुका पहुँचमा सहज शिक्षका लागि शैक्षिक क्षेत्रका माफियाहरुको समुल नष्ट गर्ने गरि संगठन अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया