गुल्मी: नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गुल्मीका सबै सिट गठबन्धनले जित्ने दावी गरेका छ्न।
शनिबार सो पार्टी निकट एकीकृत नेपाल शिक्षक संगठनको ८ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता जिसीले त्यस्तो उद्घोष गरेका हुन।
उनले गठबन्धन दल बिच गुल्मीमा कहाँ कसले उम्मेद्वारी दिने भन्ने बारे टुंगो लागि सकेको, औपचारिक निर्णय मात्र गर्न बाकी रहेको बताउदै जिल्लाका दुई वटै संघ र चार वटै प्रदेशमा गठबन्धनले जित हासिल गर्ने दावी गरेका हुन।
उनले गुल्मीको हकमा माओवादीलाई स्थानीय तहको निर्वाचन परिणाम पहिलो पार्टीका रुपमा स्थापित गरेको जिकिर गर्दै काङ्ग्रेसले पाँच वटा पालिका, माओवादी केन्द्रले ४ वटा र एमालेले तीन वटा पालिकाको नेतृत्वमा जित हासिल गरेको भन्ने उदाहरण पेश गरे।
सिक्षकहरुको हकहित र शैक्षिक विकासमा माओवादी पार्टीले मात्रै नेतृत्वदायी भुमिका खेलेको उनको कथन थियो। -खबर मार्केट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







