Smoking Causes Cancer

प्रचण्ड गुल्मी-१ बाट निर्वाचन लडे विप्लव निकटका विद्यार्थीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम गुल्मी-१ बाट सिफारिस भए संगै गुल्मीको राजनीतिमा नयाँ तरङ्ग छाएको छ।

यद्यपि प्रचण्ड गुल्मीबाट चुनाव लडने नलडने कुनै टुंगो लागेको छैन तर प्रचण्डको पक्ष विपक्षमा अहिले विभिन्न टिका टिप्पणी भैइरहेका छन।

यस्तै पछिल्लो समय नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट अखिल क्रान्तिकारी गुल्मीका संयोजक राज खड्काले प्रचण्ड विरुद्ध चुनाव लडने घोषणा गरेका छन्।

सिंचाई
Forest
Ad.

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रचण्ड गुल्मी १ बाट निर्वाचन लडे आफु प्रचण्ड विरुद्ध मैदानमा उत्रने बताएका हुन। साथै आफ्नो पार्टीले संसदिय व्यवस्थाको विरुद्ध र वैज्ञानिक समाजवादको लागि संघर्ष गरेको बताउदै आफु स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने खड्काले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

विद्यार्थीको हकहितको लागि डटेर लड्ने खड्का पार्टीलाई प्रतिबन्ध लाग्दा धेरै समय जेल तथा हिरासतमा समेत बसेका छन। पहिलो पटक २०७६ असार २९ गते सार्वजनिक शान्ति सुरक्षामा खलल पुराएको कसुरमा २५ दिन हिरासत बसेको खड्का दोस्रो पटक साउन २३ गते स्वस्थ्य सुरक्षा नैतिकता विरुद्धको कसुरमा पक्राउ परि १५ दिन हिरासतमा बसेका थिए । त्यस्तै सोहि वर्षको चैत ५ गते राज्यले अभद्र व्यवहारको आरोपमा पक्राउ गरि १० दिन हिरासतम राखेको खड्काले बताए।

कठिन परिस्थितिमा पनि गुल्मीमा पार्टीको रक्षा र विद्यार्थीको हितका लागि संघर्ष गर्दै आएका खड्काले विगत १ वर्ष देखि विद्यार्थीको नेतृत्व गर्दै आएका छन्। -गुल्मी अपडेट

Awareness by SKF

[socialpoll id=”2865280″]

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया