Smoking Causes Cancer

गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन-१ को फिनाले सम्पन्न, विमला र नारायणको जोडी प्रथम



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: जेएन सनराइज मिडिया प्रा.लि.द्वारा सञ्चालित गोर्खाली भ्वाइसद्वारा आयोजित गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन-१ को समापन अथवा फिनाले कार्यक्रम जापानमा सम्पन्न गरिएको छ।

गत वैशाख देखि आयोजित फेसबुक अनलाइन लाइभ दोहोरी प्रतियोगितामा ५० भन्दा बढी जोडीको सहभागिता रहेको थियो। विभिन्न चरण अथवा राउण्ड पार गरेर नारायण पौडेल र विमला सुनुवारको जोडी प्रथम, वसन्त तिमिल्सेना र संगिता तामाङको जोडी द्वितीय र दिलु मगर र लक्ष्मण घिमिरेको जोडीले तृतिय स्थान हासिल गरेको बताइएको छ।

सिंचाई
Forest
Ad.

प्रतियोगितामा निर्णायकको भुमिका परदेशी गायक सूर्य खड्का, चर्चित लोक गायक रामचन्द्र चन्द र गायिका टिका सानुले निर्वाह गर्नुभएको प्रतियोगिताका निर्माता तथा निर्देशक विश्वास आचार्यले बताउनुभयो। उहाँले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न हरतरहले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ।

अवधारणा, लेखन र अतिथि व्यवस्थापनको भुमिका निर्वाह गर्नुभएका स्रष्टा हेमनाथ खरालले कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितिका लागि सम्पूर्ण वरिष्ठ लोक स्रष्टाहरू प्रति सम्मान र आभार व्यक्त गर्नुभयो। यस प्रतियोगिताका विभिन्न कार्यक्रममा वरिष्ठ लोक स्रष्टाहरू बम बहादुर कार्की, नारायण रायमाझी, प्रेम राजा महत लगायतको विशेष आतिथ्यता रहेको थियो।

Awareness by SKF

प्रतियोगिताका सम्पूर्ण भागहरू गोर्खाली भ्वाइस फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रथम हुन सफल जोडीको फाइनल राउण्डको प्रस्तुति हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया