Smoking Causes Cancer

बुटवलबाट हराएका ३ जना विद्यार्थी अर्धचेत अवस्थामा मुम्बईमा भेटिए



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन्। मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेको पारिवारिक स्रोतले बताएको छ।

शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिँडेका उनीहरु विद्यालयमा हाजिर समेत नभएको अवस्थामा बेपत्ता थिए।

मुम्बइमा उनीहरु फेला परेको खबर पाएपछि उद्धारका लागि नेपाल प्रहरीलाई लिएर जाने तयारी भईरहेको अभिभावकहरुले बताएका छन।

सिंचाई
Forest
Ad.

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबारदेखि बेपत्ता थिए। उनीहरु मध्ये दुई जना नवीन औद्योगिक माध्यमिक विद्यालय र एक जना नहरपुर माध्यमिक विद्यालयका विद्यार्थी हुन । उनीहरु घरबाट सँगै विद्यालय हिँडेका थिए।

उनीहरुलाई कसले मुम्बइ पुर्यायो भन्ने केही थाहा नभएको अभिभावकहरुले बताएका छन्। इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई सहज तरिकाले नेपाल ल्याउन र कसले त्यहाँ पुर्याएको हो भन्ने पत्ता लगाउने काममा प्रहरी लागेको बताएको छ।

पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट नेपाली विद्यार्थीहरु अपहरण गरेर भारत लैजाने गरिएको विषय सामाजिक सञ्जालमा फैलिएको बेला यो घटना भएको हो। -इमेज खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया