Smoking Causes Cancer

गुल्मी-१ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा माओवादी केन्द्र, गुल्मी-१ ले आगामी निर्वाचनको लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि नौ जना उम्मेदवार सिफारिस गरेको छ।

आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए।

जिसीका अनुसार प्रतिनिधि सभा सदस्यको लागि अध्यक्ष प्रचण्ड सहित पोलि ब्यूरो सदस्य लक्ष्मण पन्त, प्रदेश कमिटी सदस्य पुनराम ज्ञवाली सिफारिसमा परेका छन। त्यस्तै प्रदेश `क´ बाट लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, केन्द्रिय सदस्य श्रृजना तरामु मगर र कालीगण्डकी गाउँ कमिटीका अध्यक्ष लिल बहादुर केसी सिफारिसमा पर्दा प्रदेश `ख´ बाट जिल्ला सचीव अशोक थापा, प्रदेश `ख´ का रामचन्द्र कंडेल र वाईसीएल गुल्मीका अशोक श्रेष्ठ सिफारिसमा परेको नेकपा माओवादी केन्द्र गुल्मीले जानकारी दिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया