Smoking Causes Cancer

गुल्मीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: तीन दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन्।

चन्द्रकोट गाउँपालिका-२, भञ्ज्याङ्ग निवासी ३१ बर्षीय विष्णु प्रसाद देवकोटालाई साउन २१ गते साँझ ९ बजे चक्कु प्रहार गर्ने स्थानीय ४६ बर्षीय दुर्गाबहादुर सुनार पक्राउ परेका हुन्।

निजलाई पक्राउ गरि ज्यान मार्ने उद्योग कसुरको मुद्दा अदालतमा दर्ता गरि म्याद थप समेत गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए।

सिंचाई
Forest
Ad.

गम्भीर घाइते देवकोटाको गुल्मी अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपभचारका लागि पठाईएको जनाईएको छ।

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया