Awareness

गुल्मीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ

अपराध खबर

Place for ads

गुल्मी: तीन दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन्।

चन्द्रकोट गाउँपालिका-२, भञ्ज्याङ्ग निवासी ३१ बर्षीय विष्णु प्रसाद देवकोटालाई साउन २१ गते साँझ ९ बजे चक्कु प्रहार गर्ने स्थानीय ४६ बर्षीय दुर्गाबहादुर सुनार पक्राउ परेका हुन्।

Get Vaccinated

निजलाई पक्राउ गरि ज्यान मार्ने उद्योग कसुरको मुद्दा अदालतमा दर्ता गरि म्याद थप समेत गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए।

गम्भीर घाइते देवकोटाको गुल्मी अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपभचारका लागि पठाईएको जनाईएको छ।

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *