Salime Malika Krishi Farm

Awareness Campaign

माओवादी केन्द्र, गुल्मी क्षेत्र नं. २ बाट ३० वर्षीय भण्डारी उम्मेदवार सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

महेश बोहरा, गुल्मी: युवा नेता भीमकान्त भण्डारी नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सांसदको उम्मेदवारका लागि सिफारिस भएका छन्। जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ३० वर्षीय भण्डारीलाई नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ ले केन्द्रीय सांसदको उम्मेदवारका लागि सिफारिस गरेको हो।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका भण्डारी सरकारी जागिर छोडेर राजनीतिमा क्रियाशील नेता हुन् । उनी केन्द्रीय तहको राजनीतिमा पहुँच राख्ने नेताको रुपमा परिचित छन् । कोरोना महामारीको समयमा गुल्मेलीलाई कोरोनाबाट बँच्ने सामाग्री निःशुल्क सहयोग गरेर चर्चा पाएका भण्डारी नायब सुब्बाबाट जागिर छाडेर नेकपा माओवादीको राजनीतिमा क्रियाशील छन्।

नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ ले भरखरैको युवाले नेपाली राजनीतिको केन्द्रीय तहमा राम्रो पहुँच राख्ने र विकास निर्माणमा पदबाहिर रहेर पनि निरन्तर लागिरहने भएकोले उनलाई सर्वसम्मत सिफारिस गरेको हो । भण्डारी नेकपा माओवादीको तर्फबाट एकल भएपनि निर्वाचन लड्न तयार छन् । गठबन्धनबाट माओवादीको भागमा परे भण्डारीले सजिलै बिष्टलाई हराउने धेरैको आंकलन छ । भण्डारीसँगै माओवादीको तर्फबाट निमबहादुर पाण्डे र बीर बहादुर कार्की पनि सिफारिस भएका छन् । तर, युवा नेता भण्डारीले टिकट पाउने लगभग पक्का छ।

सिंचाई
Forest
Ad.

भण्डारीसँग एमालेको तर्फबाट गोकर्ण बिष्टले प्रतिस्पर्धा गर्ने निश्चित छ । तर, एमालेको तर्फबाट बिष्टसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतम सिफारिस भएका छन् । काँग्रेसको तर्फबाट चन्द्रबहादुर केसी, डाक्टर दामोदर भुसाल र त्रैलोक्यप्रताप सेन सिफरिस भएका छन् । गोकर्ण बिष्टसँग रामकुमारी झाँक्री चुनाव लड्ने चर्चा भएपनि उनी गठबन्धन भएमात्र चुनाव लड्ने सोंचमा छिन्। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया