Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारीलाई कटौती गर्ने भएको छ। ऋणमा डुबेपछि गत साउन २९ गते आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले ९ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो।

क्याम्पसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि तत्कालीन तथा दीर्घकालीन समाधानको रुपमा प्राध्यापक र कमृचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रुपमा झण्डै ८ लाख रुपैयाँ ऋण बढ्दै गएपछि आफुहरुले आर्थिक संकटकाल घोषणा गरि प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए।

संचालक समिति अध्यक्ष भलामीका अनुसार प्राध्यापक तथा कर्मचारीलाई स्वेच्छिक अवकाशको माग गरिएको छ । ‘हामीले स्वेच्छिक अवकाशको माग गरेर प्राध्यापक तथा कर्मचारीलाई सुविधा दिएका छौं’, अध्यक्ष भलामीले भने, “स्वेच्छिक नचाहेमा अनिवार्य अवकाश गराएर छाड्छौं।”

सिंचाई
Forest
Ad.

यो पनि: आर्थिक संकटग्रस्त रेसुङ्गा क्याम्पसलाई नगरपालिकाकाे एक कराेड सहयोग

उनले स्वेच्छिक अवकाश माग प्राध्यापक र कर्मचारीलाई सुविधा मात्र भएको अधिकार नभएको समेत स्पष्ट पारे। आफुहरुले क्याम्पसलाई भार पुग्ने ठहर गरेका ९ प्राध्यापक तथा कर्मचारीलाई अवकाश गराउने भलामीले बताए । भलामीले प्राध्यापक तथा कर्मचारीको नाम अहिले नखुलाउने भन्दै तत्काल आफुहरु निर्मम बन्ने दाबी गरे।

क्याम्पसमा भारी मात्रामा रहेका प्राध्यापक र कर्मचारी कटौती गर्न नीति र नियमले नदिने अनि ऋण कम गर्न कटौती बाहेकको उपाय नभएपछि क्याम्पसमा साउन २९ गते संकटकाल घोषण गरिएको थियो । क्याम्पसलाई आर्थिक रुपमा धरासयी हुनबाट बचाउन आर्थिक संकटकाल घोषणा गरिएको संचालक समिति अध्यक्ष भलामीले बताएका थिए। गुल्मीको रेसुंगा नगरपालिकाले क्याम्पसलाई १ करोड आर्थिक सहयोग गर्ने यसअघि बताइसकेको छ । अन्य स्थानीय तहबाट पनि आर्थिक रकम जुटाउन लाग्ने क्याम्पस संचालक समितिले बताएको छ।

यो पनि: सामुदायीक क्याम्पसको दुर्दशा, रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

Awareness by SKF

क्याम्पसमा अहिले विद्यार्थीबाट वार्षिक रुपमा हुने आम्दानी भन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको छ। ‘प्राध्यापक र कर्मचारी राजनीतिक बाँडफाँडबाट आवश्यक भन्दा बढी नियुक्त भएका छन्।’ संचालक समितिका अध्यक्ष भलामीले भने, “विद्यार्थीको संख्यामा कमी हुँदा आम्दानीको स्रोत बन्द भएपछि हरेक वर्ष झण्डै डेढ करोड बढी ऋणको भार थपिएको छ।” उनले अब प्राध्यापक र कर्मचारी कटौती पछि क्याम्पसको समस्याको समाधान हुने बताए। प्राध्यापक र कर्मचारी कटौतीपछि आर्थिक संकटकाल फुकुवा हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया