Hi-Speed Computer

Awareness Campaign

माओवादी केन्द्र गुल्मीले गर्यो समानुपातिकतर्फका उम्मेदवार सिफारिस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीले समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ। सदरमुकाम तम्घासमा पार्टीको सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधिसभा एवम् प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। बैठकले प्रतिनिधिसभातर्फ पाँच जनाको नाम सिफारिस गरेको छ ।

खस÷आर्यबाट धुर्कोट गाउँपालिका – ४ जैसिथोक निवासी टंक प्रसाद पोखरेल एवम् आदिवासी/जनजातीबाट मुसिकोट नगरपालिका –७ निवासी रुपकलाल श्रेष्ठ रहेका छन् । महिलातर्फ चन्द्रकोट गाउँपालिका – २ निवासी सिर्जना तरामु, रेसुङ्गा नगरपालिका – ११ निवासी गीता थापा र रेसुङ्गा नगरपालिका – ९ निवासी रेनु कार्की पार्टीको सिफारिसमा परेका छन् । प्रदशसभातर्फ खस/आर्य, महिला, दलित र आदिवासी÷जनजाती गरी कुल १४ जनाको नाम सिफारिस गरिएको छ ।

खस÷आर्यतर्फ धुर्कोट गाउँपालिका –६ रजस्थल निवासी निम बहादुर पाण्डे, कालिगण्डकी गाउँपालिका – ६ निवासी लिलबहादुर केसी, छत्रकोट गाउँपालिका –४ निवासी लोकनाथ पाण्डे, मालिका गाउँपालिका – ४ निवासी प्रेमप्रकाश भट्टराई र मदाने गाउँपालिका – ३ निवासी बेगम बहादुर चन्द रहेका छन् । महिलातर्फ चन्द्रकोट गाउँपालिका – ३ निवासी लीला थापा बराल, चन्द्रकोट गाउँपालिका – २ निवासी सुमित्रा क्षेत्री, मुसिकोट नगरपालिका – ५ निवासी हुमकला खरेल, गुल्मीदरबार गाउँपालिका – १ निवासी सीता सर्तुङ्गी र सत्यवती गाउँपालिका – २ निवासी टोपला थापा रहेका छन्।

Forest
Forest
Ad.

दलिततर्फ सत्यवती गाउँपालिका –६ निवासी यम बहादुर सार्की, रुरुक्षेत्र गाउँपालिका –१ निवासी रामलाल विक र धुर्कोट गाउँपालिका –४ निवासी रामु परियार रहेको पार्र्टीका प्रदेश कमिटी सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै आदिवासी÷जनजातीतर्फ रेसुङ्गा नगरपालिका –१ निवासी खड्गप्रसाद श्रेष्ठ सिफारिसमा परेको पोखरेलले बताए । माओवादीले प्रत्यक्षतर्फका उम्मेदवार भने सिफारिस गरेको छैन । ढिलोमा २३ वा २४ गतेसम्मका संघ र प्रदेशमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्ने योजना रहेको पोखरेलले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया