Hi-Speed Computer

Awareness Campaign

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ। प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ। यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो।

Forest
Forest
Ad.

यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन्।

एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन्। दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्ड  र नेपाल टेलिकमकाे वेबसाइट  मा हेर्न सकिन्छ ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए। देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया