कास्की: नेपाली काँग्रेसकी युवा नेतृ विद्या बरालले कास्कीबाट उम्मेदवारी घोषणा गरेकी छिन्। आगामी मसिंर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागी ईन्जिनियर समेत रहेकी बरालले प्रदेश सांसदको लागि उम्मेदवारी घोषणा गरेकी हुन्।
कास्की ३ प्रदेश सभा “ख“बाट बरालले नेपाली काङ्ग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्बारी घोषणा गरेकी हुन्। नेपाल इन्जिनियर्स एसोशियसनको ३३ औ केन्द्रिय समितिको निर्वाचनबाट उनी केन्द्रिय सदस्य पदमा विजयी भएकी थिईन्।
पोखरा २२ मा जन्मेकी ई. बराल नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि पनि हुन्। नेपाल विद्यार्थी संघकी नेतृ इन्जिनियर विद्या बराल हिरो अवार्डबाट समेत सम्मानित भएकी थिईन्।
उनी पोखरा पुम्दीभुम्दी निवासी हुन्। मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भन्दै बराललाई अमेरिकास्थित हामी नेपाली ग्लोवल संस्थाले अवार्ड प्रदान गरेको थियो।
मानवीय सेवामा समर्पित उनले कोरोना भाइरस रोकथाम तथा राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। कोरोना भाईरसले विश्व नै आक्रान्त भईरहेका बेला जनचेतना फैलाउन पनि अग्रसर थिइन्।
सम्मानित बराल किशुनजी अध्ययन केन्द्रकी केन्द्रीय सदस्य तथा नेविसंघ पोखरा विश्वविद्यालयकी सहसंयोजक हुन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








