Awareness

Get Vaccinated

झण्डै १० वर्ष देखि बाँधेर राखिएका गुल्मीका एक बालक, उपचार अभावमा नारकीय जीवन कटाउँदै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: कच्ची घरको बलेनीमा एउटा अबोध बालक हातखुट्टा बाँधिएर झुण्डिएको दशक पुग्न थाले। जसका विद्यालयमा पुगेर भविष्य कार्नेे हातहरु, खेल्ने र संसार दौड्ने खुट्टा करिब एक दशक देखि बाँधिएका छन्। बाल्यकालमा खुसीले भरिने ओठहरु टोकिएर निला भएका छन्। भाग्य थाप्ने निधार र कर्म बोक्ने टाउकोमा चोट नभएको ठाउँ छैन्।

बालकले परिवारको आँखा छल्न पाए टाउको भुँईमा ठोकेर रगताम्य बनाउँछन्। चिर्थोर्ने र कोपारेर शरिर छोप्दा थापा नपाउने भएको छ। यो समस्या बालकले सात/आठ बर्षदेखि झेलिरहेका छन्। उनले घर नजिक बिद्यालय भएपनि अहिलेसम्म टेकेका छैनन्। उनी हिडडुल पनि गर्छन् । पुरै होसमा छैनन्। अरुलाई खासै केहि गर्दैनन। तर, आफैले आफैलाई निकै चोट दिइरहेका छन् ।

बालक सत्यवति गाउँपालिका ५ हँसराका ११ बर्षीय रामु बुढाथोकी हुन् । उनी कमल बुढाथोकीका जेठा छोरा हुन् । उनी जन्मिने बित्तकै स्वस्थ थिएनन् । रामुले उमेर बढ्दै जाँदा अरु बालबालिकाले भन्दा फरक चरित्र देखाउन थाले । बुबा कमल बुढाथोकी भारतमा १७ बर्षदेखि काम गर्थे । घरमा श्रीमती देउकुमारीले छोरा समाल्न नसकेपछि कमल गाउँ फर्के । बुटवलको आम्दा, नेपालगञ्ज हुँदै भारतसम्म पुराएर उपचारको प्रयास निकै गरे । बुढाथोकीले भारतमा जागीर राम्रो भएकाले सक्नेसम्मको उपचार पनि गरे । तर, छोरालाई बीसकोउन्नीस भएन । जागीर पनि छोडे छोराको उपचार पनि भएन् । जसका कारण अहिले लामो समयदेखि गाउँमै छन्।

‘मुटु गाँठो पारेर पिट्छु’

११ बर्षीय रामुलाई अचेल बाँधिने बानी परेको छ । आफैले परिवारका सदस्यहरुलाई बाँध्न भन्छन् । बुबा कमलका अनुसार बेलाबखतमा निकैबेर मात्तिने र अत्तालिने समस्या रहेको छ । त्यो बेला आमाले समेत अड्याउन नसकिने भएकाले मन गाँठो पारेर पिट्नुपर्ने बाध्यता रहेको बुढाथोकीले बताए । ‘कहिलेकाँही धेरै बेर उफ्रने, कराउने र टाउको ठोक्ने लगायतका समस्या हुँदा मैले बाहेक कसैले समाल्न सक्दैनन्।

लौरो देखाउने र कहिलेकाँही पिट्नुपनि पर्छ,’उनले भने,‘बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ ।’ जमिनमा टाउको बढि ठोक्ने भएकाले झोलुङ्गो बनाएर माथि राखिएको बुढाथोकीले बताए । रामुको लागि घरमा एक जना बस्नुनै पर्ने बाध्यता बुढाथोकी परिवारलाई छ । रातमा कहिलेकाँही बाहेक निदाउन मुस्किल पर्छ ।

Awareness by SKF

अर्कैको ओत : छैन आयश्रोत

कमल र देउकुमारी बुढाथोकी दम्पती स्थानीय टेकराम ढकालको हँसरा स्थित खोलाखेतको कच्ची घरमा बस्दै आएका छन् । चार बर्षदेखि कमल दम्पती ढकालको घरमा बस्छन्, खेतबारीको काम गर्छन् । उनीहरुको हँसरा पम्फुका लेकमा बाँदर लाग्ने बारी छ । अप्ठ्यारो र काम गरेर खाने अरु माध्यम नभएकाले पेट पाल्नकै लागि बेसी झरेको बुढाथोकीले बताए।

‘अर्कैको ओत र खन्जोतबाट ज्यान पाल्ने मान्छेसंग छोराको ठुलो खर्चो गर्ने उपति भएन । ११ बर्षीय बिरामी र ५ बर्षको सानो छोरा छोडेर बुढाबुढीनै मेलापात जानपनि सकिदैन,’बुढाथोकीले गुनासो गरे,‘किन सत्रु हसाँउने भनेर गुपचुप बसिरहेँ ।’

नेताले भोट हेरे, चोट हेरेनन

कमलका छोरा बिरामी भएका एक दश भए। यो बिचमा दुई स्थानीय तह र एक पटक प्रदेश तथा संघको निर्वाचन भयो। हुलकाहुल जाँदा बुढाथोकीको पिढीँमा विक्षिप्त बनेर पल्टिएको छोरा नेदेख्ने सायद कोहि नेता भएनन् । तर, नेताले कठै भनेर बाँडेका झुटा आश्वासनले भोट त पाए । तर, बुढाथोकी परिवारले केहि पाएनन् । अहिलेको स्थानीय तहको निर्वाचनमा त आफुले कसैलाई केहि नभनेको कमलले गुनासो गरे । ‘मेरो पीडा मनैमा छ।

त्यो भन्दा ठुलो पीडा छोरा आफैले भोगिह्यो,’उनले भने,‘कर्मनै त्यस्तै भएपछि अरुको के आश।’ सत्यवति गाउँपालिका प्रमुख टीकाराम पाण्डेयले पालिकाले स्वास्थ्य बिमा गर्दिने र काठमाण्डौसम्मको भाडा दिने र उपचार भए खर्च पनि बिलको आधारमा गाउँपालिकाले बुझाउने गरेर योजना बनाइएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया