Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा एमाले कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको बेला एमालेमै रहेका माओवादी केन्द्रका कार्यकर्ताहरु अहिले आएर माओवादी केन्द्रमै फर्किएका छन्।

हिजो  नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँकमिटीको गौडाकोटमा आयोजित प्रथम बैठक तथा भेलाको अवसरमा एमालेबाट यमबहादुर पाण्डे, बालकृष्ण अर्यालय , जयबहादुर सुर्यबशी, पविता नेपाली , मनकला बिक र बीरबहादुर सुनार सहितका कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनिहरुलाई माओवादी केन्द्र गुल्मी जिल्ला संयोवजक बुद्धी जिसी, सचिव अशोक थापा (मुक्ती) लगायतका नेताहरुले अविर र खादा पहिराएर पार्टीमा स्वागत गरेका थिए ।

Forest
Forest
Ad.

माओवादी पार्टीमा फर्के पछि यमबहादुर पाण्डेले भने–‘एमाले–माओवादी जो भए पनि कम्युनिष्ट नै हुन भनेर नेकपा फुटे पछि एमालेमै बसियो तर त्यस यताको नौं महिना सम्म हेरियो तर एमालेमा कम्युनिष्ट शिद्धान्त त परै जाओस सामान्य संस्कार समेत नभए पछि माओवादी केन्द्रमा फर्किएका हौं । ’

अर्का नवप्रवेशी बालकृष्ण अर्यालले भने (कभिकभी कुछकुछ होता है )कहिले काँही त्यस्तै हुँदो रै’छ , रुखको बाँदर पनि झुक्किदो रै’छ हामी पनि झुक्कीयौं र बुझे पछि माओवादी केन्द्रमै फर्किएका हौं ।

बैठकले उनै पुराना माओवादी नेता यमबहादुर पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय गुल्मीदरबार गाउँ कमिटी गठन गरेको छ । उपपाध्यक्षमा , राजन रेश्मी , बालकृष्ण अर्याल , शिखा रेश्मी चयन भएका छन् । त्यस्तै सचिवमा कमल प्रसाद कँडेल र सह सचिवमा ओमबहादुर गाह सर्वसम्मत निर्वाचित भएका छन्।

नवगठित कमिटीलाई पार्टी जिल्ला संयोजक जिसी , सचिव थापा लगायतका नेताहरुले सपथ खुवाएका थिए।

Awareness by SKF

कार्यक्रमा ती दुई नेताका अलवा निर्वाचन क्षेत्र नम्वर २ ख प्रदेशका ईन्चार्ज, मनिराम ज्ञवाली, त्यस प्रदेश कमिटी अध्यक्ष तथा सांसद गीता थापा , सचिव रामचन्द्र कँडेल , त्यस गाउँ कमिटी ईन्चार्ज शेरबहादुर सर्तुङ्गे लगायतका नेताहरुले प्रशिक्षण मन्तब्य राखेका थिए।

कार्यक्रममा त्यस पार्टीका वरिष्ठ सदस्यहरु झकबहादुर बिक , ठगराज ज्ञवाली , बुद्धिमान गाह, अजुर्न कँडेल , रेसुङ्गा नगरकमिटीका अध्यक्ष खड्क श्रेष्ठ लगायतको विशेष आतिथ्यता थियो । माओवादी केन्द्र गुल्मीदरबार गाउँ कमिटीकीका निर्वतमान संयोजक सिता सर्तुङ्गेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव कमलप्रसाद कँडेलले सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया