Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा कांग्रेस कार्यकर्ताको कुटाइबाट एमाले कार्यकर्ता घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एक जना कांग्रेसका स्थानीय नेता तथा निर्वतमान वडाध्यक्षको कुटाइबाट एमालेका पुराना कार्यकर्ता कुटाई खाएर अस्पताल भर्ना भएको आज ५ दिन बित्दापनि न्याय दिने प्रहरी प्रशासन अहिले सम्म ‘रमिते’ बनेको पीडित पक्षले गुनासो गरेका छन्।

यहि भदौ ४ गते दिउँसो गुल्मीदरबार गाउँपालिका वडा नम्वर ५ का निर्वमान वडाध्यक्ष तथा नेपाली कांग्रेस त्यस वडा सभापति समेत रहेका लिलाबहादुर बलालले सोही स्थानको एक होटल नजिकै स्थानीय एमाले कार्यकर्ता कविराज कँडेलललाई निर्घात कुटेका थिए।

कँडेललाई पुर्ववडाध्यक्ष बलालले कुटेर गम्भीर घाईते बनाए पछि उसै दिन राती गुल्मी अस्पतालमा पठाएको र त्यहाँ उपचार हुन नसकी अहिले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको त्यस वडाका वर्तमान वडाध्यक्ष गुणनिधी पौड्यालले बताए ।

Forest
Forest
Ad.

‘उसै दिन वा अर्को दिन कुटाई खाने ब्यक्तिको घा–जाँच गराउने र निवेदन लिई कानूनी कार्बाही अगाडि बढाउनुको साटो प्रहरीले उतै छलफल गर्नुस भन्दै पठाउँदै गरेको सुनिएको छ ’–वडाध्यक्ष पौड्यालले भने –‘ सर्वसाधरण भएको भए किन छाडिन्थ्यो होला र।’

लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा हिजोदेखि भर्ना भएको बताउने कँडेलले आफूले न्याय पाउन नसकेको गुनासो गरे । उनले भने–‘ पहिलाका वडाध्यक्ष लिलाबहादुर बलालको कुटाइबाट म बोल्नै नसक्ने भएर वडाध्यक्षलाई खबर गरियो । उहाँले उसै दिन राती गुल्मी

अस्पतालमा पठाउनु भयो । तीन वटा करङ भाँचिएको छ भनेर डाक्टरले भने , यहाँ पनि त्यही भन्दै छन् । मलाई बोल्न समेत गार्हो भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको गेटमा पुग्दा उतै चारपाला प्रहरी चौकीमा छलफल गर्नुस भनेर पठाए । बन्दको बेला घाउ–जाँच गराउन जान पनि सकिन, म यहाँ छु, सबैले मेरो नयायको पक्षमा बोली दिएर हुन्छ भने बोली दिनुस ।’

प्रत्यक्षदर्शीकाअनुसार कुट्नुको केहि दिन अघि स्थानीयले कुलोमा धार पुजा गर्ने ठाउँमा निर्वर्तमान वडाध्यक्ष बलाल पुगेका थिए । ती प्रत्यक्षदर्शीको आरोप छ –‘ बलाल मदिरा सेवन गरेर फिटान थिए । आउन साथ त्यहाँ जम्मा भएका सबैसंग दुई हात जोडेर न्याय दिलाई दिनु पर्याे भनेर बलालले भने ।

Awareness by SKF

एक जनाले केका बारे ? भनेर साधे पछि कँडेलले ४ बर्ष अघि आफुले दिएको ४ हजार पैसा नदिएको भनेर बलाले भन्दै एक्कासी उनै कँडेलको लौरो खोसेर कुट्ने प्रयास गरे । त्यस पछि सबै जनाले जोगाएर कँडेलबाट साँवा र ब्याज स्वरुप ६ हजार रुपैयाँ दिन लगाएर त्यहाँबाट हिँडे ।

एक्कासी भदौ ४ गते करिव ४ बजेको समयमा त्यहाँको एक होटल नजिकै एक जना संग मोटरसाइकलमा आएका बलालले रोक्न लगाए। कँडेललाई लछार पछार गरि उनकै लौरो खोसेर कुट्न थाले ।

छुटाउन खोज्ने स्थानीय एक जना नाम नबताउने सर्तमा भन्छन् – ‘उनले कुट्दा कुट्दा लौरो पनि भाँचियो । त्यस पछि यसलाई आज मारेरै छाड्छु भन्दै बलाल अर्को लौरो खोज्न भनेर घर पछाडी गए । छुटाउन खोज्ने उनी पनि सामान्य घाईते भए । साँच्ची नै मार्छ कि जस्तो लागेर मैले त्यहाँबाट कँडेललाई भगाएको हुँ ’

यस सम्बन्धमा उनै निवर्तमान वडाध्यक्ष बलाल संग सम्पर्क राख्दा उनले आफुले कु्टपिट गरेको स्वीकार गर्दै उनी पीडितले न्याय पाउनु पर्ने समेत बताए । सामन्य कुटपिट भएको बताउँदै कुट्पिट गर्नुको कारण कँडेलले घरयासी तनाव दिनु रहेको बताए ।

उनलाई वन मुद्दा पनि लागेको बताईन्छ । कतै त्यही कारण त होईन ? भन्ने प्रश्नमा उनले हाँस्दै यस्ता थुप्रै कारणहरु भएको धारणा राखे । उनले कँडेललाई भने आफुले विगतमा एक जना महिला संगको झगडामा आफुले मिलाएको बताउँदै उनीसंगको यो झगडा पनि मिलाउनु पर्ने आशय प्रकट गरे ।

बिहीबार जिल्ला प्रहरी कार्यालयमा पुगेका नेकपा एमाले गुल्मीका जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनारले कानुनी राज्य नै नभएको अनुभुत गरि आफु फर्किएको बताए । ‘कुट्ने निर्वतमान वडाध्यक्ष बलाल पनि प्रहरी कार्यालयमा आउनु भएको थियो । मिलाउनका लागि कांग्रेसका ठुला ठुला नेताहरु पनि आउनु भएको थियो’– सुनारले भने–‘ हामीले कानुनी राज्य हराएछ । अब प्रहरी प्रशासनमा पनि नेपाली कांग्रेसको झण्डा गाडे पनि हुन्छ भन्दै फर्किएका छौं ।’

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालसंग यसबारे कुराकानी गर्दा त्यस्तो हुँदै नभएको बताउँदै उनले भने–‘ हिजो मात्रै प्रहरीमा उजुरी प्राप्त भएको छ । हामीले कसैलाई अन्यायमा पर्न दिने छैनौं । ’ कांग्रेस नेता तथा गुल्मीदरवार गाउँपालिका अध्यक्ष सरोज थापा भने बिहानै देखि दुबै पक्षलाई जुटाएर छलफल गर्नु पर्छ भन्दै जुटेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया