Hi-Speed Computer

Awareness Campaign

बागलुङकी सरस्वती हराएको २४ दिनमा मृत भेटिईन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट: गलकोट नगरपालिका वडा नं ३ हटियाको ठुलाखर्क रुख भन्ने स्थानमा बिहीबार बिहान करिब १० बजेको समयमा एक महिलाको शव फेला परेको छ।

गलकोट नगरपालिका वडा नं ३ बोहोराफाँट निवासी ५६ वर्षिय सरस्वती कार्कीको ठुलाखर्क रुखको जंगलमा शब फेला परेको हो ।

गत साउन १६ गते देखि हराउनुभएकी कार्कीको बिहिबार जंगलमा बाटोबाट करिब १० मिटर तल सडेगलेको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी चौकी हटियाका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

Forest
Forest
Ad.

कार्कीको श्रीमान डिल बहादुर अधिकारीले कार्कीले लगाएको लुगाबाट शवको पहिचान गरेको रेग्मीले बताए ।

बिहिबार बिहान गलकोट नगरपालिका वडा नं ३ समपोखराका स्थानिय अमित परियारले जंगलमा घाँस काट्न जाने क्रममा उक्त शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया