गलकोट: गलकोट नगरपालिका वडा नं ३ हटियाको ठुलाखर्क रुख भन्ने स्थानमा बिहीबार बिहान करिब १० बजेको समयमा एक महिलाको शव फेला परेको छ।
गलकोट नगरपालिका वडा नं ३ बोहोराफाँट निवासी ५६ वर्षिय सरस्वती कार्कीको ठुलाखर्क रुखको जंगलमा शब फेला परेको हो ।
गत साउन १६ गते देखि हराउनुभएकी कार्कीको बिहिबार जंगलमा बाटोबाट करिब १० मिटर तल सडेगलेको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी चौकी हटियाका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।
कार्कीको श्रीमान डिल बहादुर अधिकारीले कार्कीले लगाएको लुगाबाट शवको पहिचान गरेको रेग्मीले बताए ।
बिहिबार बिहान गलकोट नगरपालिका वडा नं ३ समपोखराका स्थानिय अमित परियारले जंगलमा घाँस काट्न जाने क्रममा उक्त शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








