Smoking Causes Cancer

गोकर्ण विष्टले भने, ‘म गुल्मी-२ बाटै चुनाव लड्छु, काठमाडौं-६ हल्ला मात्रै हो’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी निर्वाचनमा आफू गुल्मी-२ बाट नै निर्वाचन लड्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन उठ्ने बताएपछि तुलनात्मक रूपमा पार्टीमा लोकप्रिय मानिएका विष्ट गुल्मीबाहेक अन्य क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने जिल्लाका केही नेताहरूले बताउँदै आएका छन्।

तर विष्टले भने आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् । म गुल्मी–२ बाट नै चुनाव लड्छु, अन्य क्षेत्रमा कसैले हल्ला चलाएको भए त्यसलाई हल्लाका रूपमा मात्रै बुझ्नपर्छु, विष्टले भने।

सिंचाई
Forest
Ad.

केही नेताहरूले उनलाई काठमाडौं–६ बाट माग भएको दाबी गरेका थिए । गुल्मीको विकल्पमा विष्टलाई काठमाडौं–६ देखाइए पनि उनले भने गुल्मी नछाड्ने प्रष्ट पारेका हुन् । काठमाडौं–६मा यसअघि एमालेका युवा नेता योगेश भट्टराईले पनि प्रतिस्पर्धा गरेका थिए।

यसअघि लगातार चारवटा निर्वाचनमा गुल्मी-२ बाट उठेका विष्ट २०६४ मा भएको निर्वाचनमा मात्रै पराजित भएका थिए । अरु तीनवटा निर्वाचन उनी भारी मतसहित विजयी भएका थिए। गुल्मी अपडेट डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया