Hi-Speed Computer

Awareness Campaign

परिवारका सबै सदस्य अपाङ्ग, २३ वर्षीय दुर्गाको काँधमा परिवारको जिम्मेवारी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रासस, बागलुङ: धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका-११, रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो।

आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे।

पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उहाँको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहाँको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोग समेत छ। लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ।

Forest
Forest
Ad.

दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्नुहुन्न । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । “सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु।”

बुबा बाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाउनुभयो । गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उहाँले बताउनुभयो। “सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ”, उहाँले भन्नुभयो । अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ।

आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाउनुभएको छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया