Clean Water Campaign

Awareness Campaign

जनप्रतिनिधिहरू नै अनभिज्ञ: रुद्रवेणी-वामीटक्सार सडक कहिले बन्ने हो? (भिडियो रिपोर्ट सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको रिडी-रुद्रवेणी-वामीटक्सार सडक खुलेको पनि चार दशक भइसक्यो तर उक्त सडकमा वर्षेनी जति पैसा खर्च गरेपनि सडकको हविगत उस्तै छ र राज्यको रकम बालुवामा पानी खन्याए जस्तै छ।

त्यस विरुद्ध जनताले वर्षौं अघिदेखि आवाज उठाउँदै आएकै हुन् र आफैले जिताएका जनप्रतिनिधिहरुलाई पनि त्यो बाटो कहिलेसम्म सहज यात्रा हुने गरि बन्ने हो? भनेर सोद्धै पनि आएकै थिए। तर, आजकल जनप्रतिनिधी नै एकले अर्कोलाई सोध्छन् ‘त्यो बाटो कहिले बन्ने हो’ भनेर।

बुधबार जिल्ला समन्व्य समिति गुल्मीले आयोजना गरेको गत वर्षको प्रगति समिक्षा तथा आगमी वर्षको कार्यक्रम सार्वाजानिक बिषायक गोष्ठीमा पनि अधिकांश पालिका प्रमुखहरुले रिडी रुद्रावेणी वामीटक्सार सडकको हविगत बारे चासो देखाए।

सिंचाई
Forest
Ad.

कार्यक्रममा गुल्मीका केहि सडकहरु समेत हेर्ने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख निरन्जन शर्मा अर्यालले बार्षिक प्रगति विवरण तथा आगमी बर्षको कार्यक्रम प्रस्तुत गरिरहँदा टुक्रे योजनाबाट प्रतिफल नै नदेखिएको महशुस गर्दै जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले काम भएका सडकहरुको खण्ड–खण्डको विवरण पेश गर्न आग्रह गरे।

न्यूज २४ टेलिभिजनका लागि गुल्मीबाट प्रेम सुनारले तयार पारेको यो रिपोर्ट हेर्नुहोस्:


लगत्तै चन्द्रकोेट गाउँपालिका अध्यक्ष युवराज खत्रीले भने–‘होइन यो रुद्रवेणी वामीटक्सार मात्रै नभनौं रिडीदेखि रुद्रवेणीसम्मको सडकको हविगत पनि उस्तै छ। प्याकेजमा काम गरेर यो सडक कहिलेसम्म बन्ने हो? हामी सबै यहि छौं हामीले के गर्नु पर्ने हो?

उनले त्यस सडक खण्डका खोलाहरुमा पुल निर्माण नहुँदा यो बर्षायाममा यात्रुहरुले ठुलो सास्ती खेपीरहेको भन्दै छिटो निर्माण गरिनु पर्नेमा संबन्धित निकायको ध्यानकृष्ट समेत गराए ।

Awareness by SKF

कार्यक्रममा सडक डिभिजन कार्यालय पाल्पाले सडक खन्दै माटो थुपार्दै जाँदा तलका वस्तीलाई पहिरो र सवारी साधानहरुलाई दुर्घटनाको जोखिम समेत मोल्नु पर्ने बिषयमा रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले ध्यान दिन सडक डिभिजन कार्यालय पाल्पाको ध्यानकृष्ट गराए । रिडी तम्घास सडक खण्डको विभिन्न ठाउँमा सडक तत्काल मर्मत गरिनु पर्नेमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सबन्धित निकायलाई जोड दिएका थिए।

त्यस्तै डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाले बार्षिक कार्य प्रगति विवण पेश गरिरहँदा त्यस कार्यालयले स्थानीय सरकारसंग समन्व्य नगरि काम गरेको र आफ्नो पालिकामा काम गर्दा कतिपय काम पुरा नहुँदै गत असार मशान्त भित्र भुक्तानी दिईएको प्रति आपत्ती जनाउँदै कसरी काम नहुँदै भुक्तानी दिईयो भनेर सापकोटा संग प्रश्न गरे।

उत्तरमा सापकोटाले केहि दिन भित्रमा सकिन्छ भन्ने अनुमान गरेर भुक्तानी दिईएको हो भन्दै आफ्नो बचाउ गरे । डिभिजन वन प्रमुख सापकोटा संग केहि दिन अघि छत्रकोटमा काठ तस्करी भएको तर तस्करहरु समात्नुको साटो सामुदायिक वनका निर्दोष मानिसहरुलाई केरकार गर्ने, धरौटी माग्ने गरेर सास्ती दिएको भन्दै नेपाली कांग्रेस गुल्मीका उपसभापति अनन्तराम पौड्यालले आपत्ती जनाए।

वार्षिक समिक्षा गोष्ठीको लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा सांसद सुदर्शन बरालले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सांसदहरु क्मलराज श्रेष्ठ, गीता थापा र रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको बिशेष आतिथ्यता थियो। कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र सलामी मगरले पुर्खाहरुले गाउँमा आएको सुनसंग बुटवलको नून साटेको तर अहिलेको पुस्ताले बुटवलको नूनसंग केहि साट्न नसकेको भन्दै स्थानीय उत्पादनमा जोड दिए। समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले आज देखि भोली सम्म जिल्लाका १२ वटै पालिका र संघिय र प्रदेश सरकार मातहतका विभिन्न विषयगत कार्यालयबीच गहन छलफल र समिक्षा हुने जानकारी दिए। अन्य बिषयगत कार्यालयहरुको प्रस्तुती चलिरहेको छ।

जिल्ला समन्वय अधिकारी भक्तीराम मरासिनीका अनुसार दुई दिन सम्म चल्ने कार्यक्रममा पालिका प्रमुख उपप्रमुखका अलवा ३३ वटा विषयगत कार्यालयहरु सहभागि हुने छन्। तर, नेकपा एमालेबाट विजयी पालिका प्रमुख भने एक जना पनि सहभागि भएको देखिएन।

उनीहरु केहिदिन अघि सम्पन्न जिल्ला सभामा पनि उपस्थित थिएनन्। गुल्मीको जिल्ला समन्वयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधी रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया