बुर्तिबाङ: ढोरपाटन नगरपालिका २ मा आइतबार कालिज फार्ममा चितुवा पस्दा एकै रातमा एकसय असी कालिज नष्ट गरेको छ।
ढोरपाटन नगरपालिका २ सलामकोटमा तुल्सिराम कँडेलले सञ्चालन गरेको सानो स्वर्ग पँक्षि पालन फार्ममा अण्डा दिइरहेका र भाले जातका १८० कालिज चितुवाले नष्ट गरेको सञ्चालक कँडेलले बताए।
फार्मको जालि तोडेर पसेको चितुवाले केहि मात्रामा कालिज खाएको र केहि मारेर नस्ट गरेको पाइएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङले तयार पारेको मुचुल्का अनुसार करिव चारलाख रुपैयाँ बराबरको क्षेति भएको प्रहरीको भनाई छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







