Awareness

पाँच वटा गाडी एक-अर्कासँग ठोक्किँदा १५ विद्यार्थी घाइते

खबर

Place for ads

हेटौँडा: मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्।सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दु र्घ टना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

राजमार्गमा स्कुल बस, ट्रक, ट्याङ्कर, कार र लरी दुर्घटनामा परेको हो। दु र्घ टना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए।

Get Vaccinated

कार्कीका अनुसार सुरुमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठ क्क र दिएको थियो। त्यस ट्याङ्करले बा ७ च ९६०४ नम्बरको कारलाई ठ क्क र दिएको थियो।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो।

‘बस र ट्रक हेटौँडातर्फ आउँदै थियो। ट्याङ्कर विपरीत दिशामा जाँदै थियो,’ कार्कीले भने, ‘त्यही बेला दु र्घ टना भएको हो। धेरै ठू लो क्षति भएको छैन। सामान्य नै छ।’- ललितपुर खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *