Salime Malika Krishi Farm

Awareness Campaign

अश्लील शब्द र पेटिकोटको दृश्यले गीत विवादमा परेपछि निर्माता शिव हमालले मागे माफी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: ‘के हुन्छ होला है बिहेको राति
अँध्यारो कोठामा अञ्जान साथी
सम्झेर गइसक्यो सातो बरि लै’

शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको यो गीत मंगलबार युट्युबमा रिलिज भयो। गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेकी छन्।

‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

सिंचाई
Forest
Ad.

हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक समेत हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए।

तर उनकै शब्द रचना रहेको तीज गीतको म्युजिक भिडियो यतिबेला विवादित बनेको छ। गीत हटाउन चौतर्फी दबाब परेपछि अनलाइनखबरसँग कुरा गर्दै हमालले यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म लज्जित छु । हामी आत्मालोचनासहित हटाउँछौं,’ उनले भने।

तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् ।

गीतलाई लिएर टिमभित्रै पनि विवाद सुरु भएको छ । आफैं अश्लील गीत ल्याए कारवाहीको धम्की दिने र आफैं त्यस्तो गीत रिलिज गर्ने पदाधिकारीलाई प्रतिष्ठानले के गर्ला? अनलाइन खबर डटकममा यो खबर छ।

Awareness by SKF

अहिले गीतलाई परिमार्जन गरेर राखिएको छ। यस्तो छ सम्पादित गीत:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया