Awareness

Get Vaccinated

पैँचो पसल, गुल्मीलाई ‘अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह’ प्राप्त



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: पैँचो पसल प्रालि, गुल्मीले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ। प्रालिले गुणस्तर व्यवस्थापन प्रणाली अनुसार व्यवसायीक गतिविधि गरेबापत आइएसओ 9001:2015 को प्रमाण–पत्र प्राप्त गरेको छ।

त्यस्तै खाद्य सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ 22000:2018, रिडीस्थित पैँचो प्रशोधन केन्द्रबाट उत्पादित पैँचोका उत्पादनहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिक्री गरेबापत डब्लु एचओे: जीएम्पी र कच्चा पदार्थको गुणस्तर अन्तिम उपभोक्तासम्म पुर्याएबापत एचएसीसीपीको मान्यता प्राप्त गरेको पैँचो पसलका संचालक ध्रुव न्यौपानेले जानकारी दिए।

शनिबार एक कार्यक्रम बीच रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त चारओटै प्रमाण–पत्र पैँचो पसललाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पैँचोले कृषि र किसानको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सरकारी पक्षबाट पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै रुरुक्षेत्र गाउँपालिका पनि पैँचोसँगै सहकार्य गरेर कृषिजन्य सामग्रीको उत्पादन र बजारीकरण गर्ने योजना बनाएको उल्लेख गर्दै प्राप्त प्रमाण–पत्रलाई जोगाईराख्न आग्रह गरे।

त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले सरकारी क्षेत्रले बजारको ग्यारेन्टी गर्न नसक्ने भएकोले निजि क्षेत्रलाई नै बजारमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उल्लेख गरे । पसलका संचालक न्यौपानेले सबैको सहयोगले गर्दा पैँचो पसलले यो सफलता हाँसिल गरेको उल्लेख गरे।

किसानको उत्पादनलाई बजारीकरण नगरेसम्म देश नबन्ने भन्दै उनले त्यसमा आफुले केही योगदान दिएको बताए । त्यस्तै अहिले बुटबलमा गुल्मीको कागतिले भारतको कागतिलाई प्रतिस्थापन गरेको भन्दै सबै एकजुट भएमा उत्पादित कृषि सामग्रीलाई बजारीकरण गर्न सकिने न्यौपानेको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया