Awareness

Get Vaccinated

रेसुङ्गा नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजार दिने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाले यस बर्षको एसईई परीक्षामा ३.२ जिपीए भन्दा माथि अंक ल्याई उत्तिर्ण भई कक्षा ११ पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

उक्त विशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक समारोहका बीच घोषणा गरेका हुन्।

उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताए।

पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै विशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडी सारिएको सुनाए।

‘गरिव विपन्न वर्गकका छोरा छोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्, –उनले भने वडाध्यक्षज्युहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँ बाट ल्याउने? भन्ने चिन्तै नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधी अनुसारका विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले छात्रावृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ।’

त्यस नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तीराम मरासीनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले विशेष गरि पढाईका कारण गाउँ छाडेर शहरका विद्यालय जान बाध्य बिद्यार्थीहरुलाई रोक्न मद्धत पुग्ने धारणा राखे।

त्यस पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद भण्डारीले यस बर्षको एसईई परिक्षामा ३.६ भन्दा माथी ३६ जना र ३.२ भन्दा माथी १०६ जना गरि १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए।

Awareness by SKF

घोषणा सभालाई सम्बोधन गर्दै मेयर पन्थीले यस अघि नगरपालिकाले अगाढी सारेको निशुल्क आँखा उपचार गरिने कार्यक्रमले निकै ठुलो सन्देश दिएको , अँस्ती मात्र ८ जना दृष्टि विहिनहरुको सल्यक्रिया गर्र्दा उनिहरुले आशिष दिएको र अब छिट्टै गुल्मी अस्पतालमा डाईलसिस गर्ने मेशिन उपलब्ध गराई मुटु लगातका दिर्घ रोगीहरलाई निःशुल्क डायलिसस सेवा उपलब्ध गराउँदा गरिब विपन्न वर्गले ठुलो राहतको महशुस गर्ने बताए। सेतोमसी डटकमले यो खबर लेखेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया