Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ ब्रिलियण्ट युनाइटेड पहिलो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ सदरमुकाम तम्घासमा रहेको ब्रिलियण्ट युनाइटेड एकेडेमी जिल्ला प्रथम भएको छ।

यस विद्यालयका विद्यार्थी साहिल बस्नेतले ३.९५ जिपिए प्राप्त गर्दै विद्यालयलाई संस्थागततर्फ जिल्लामा प्रथम बनाउन सफल हुनुभएको हो । सामुदायिक तथा संस्थागत विद्यालयतर्फ यस विद्यालय जिल्लामा द्वितीय भएको छ।

यस विद्यालयबाट १६ जना विद्यार्थीले एसईई दिएका थिए। परीक्षामा सहभागी सबै विद्यार्थीहरु उत्तिर्ण भएसँगै विद्यालयले शतप्रतिशत नतिजा ल्याएको प्रधानाध्यापक सन्तोष थापाले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

उहाँका अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ३.८० जिपिए एक जना, ३.६५ जिपिए एक जना ३.५५ जिपिए दुई जना विद्यार्थीले ल्याएका छन् । त्यस्तै, ३.५० जिपिए लिएर एक जना, ३.३० जिपिए लिएर तीन जना, ३.२५ जिपिए लिएर एक जना ३.१० जिपिए लिएर दुई जना, २.७० जिपिए लिएर एक जना, २.६० जिपिए लिएर एक जना, २.५५ जिपिए लिएर एक जना र २.३० जिपिए लिएर एक जना रहेका छन्।

विद्यालय शतप्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै आइतबार उत्तिर्ण विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा रेसुंगा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले संस्थागत विद्यालयहरुले पनि युगअनुसारको शिक्षा प्रदान गरेको बताउनुभयो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गुणानिधि शर्माले संस्थागत विद्यालयहरुलाई सरकारले सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले यसका लागि शिक्षा ऐनलाई सुधार गरेर अगाडी बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो। सिमित साधन र स्रोतका बीचमा पनि विद्यालयले सफलता हासिल गरेको उहाँले दाबी गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया