Hi-Speed Computer

Awareness Campaign

अझै चल्दैछन् पानी घट्ट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: पानी घट्ट, अर्थात परम्परागत पानी मिल, कुटानीको लागि ढिकी, पिसानीको लागि झाँतो, पेलानीको लागि कोलको विकल्पमा आएको हो, पानी घट्ट। विगतका समयमा गाउँ-गाउँमा कुटानी, पिसानी र पेलानीको लागि मानिसहरु दिनभरी नै काममा खटिनु पर्थ्यो। पानीबाट बिजुलीसँगै मिल चलाउने प्रविधि भित्रिएपछि दिनभरीमा गर्ने काम एकछिन हुनथाल्यो।

पानी मिलले लामो समयसम्म एकाधिकार नै जमायो। कुटानी, पिसानी र पेलानीमा आधुनिक प्रविधि भित्रिए पनि पाल्पाको माथागढी गाउँपालिकाको केही स्थानमा पानी घट्टको विकल्प छैन। पानी प्रशस्त भएका पाल्पाका खोला नालामा १०/१५ किलोमिटर दुरीमा पानी घट्टा सञ्चालनमा थिए। तर अहिले गाउँ-गाउँमा चल्ने अधिकांश पानी घट्ट बन्द भएका छन्।

केही कतै भने नियमित रुपमा चल्दै आएका छन् । खोलानालाको पानी प्रयोग बाटै केही मानिसको जीवीकोपार्जन भएको छ, भने जनताले सेवा सुविधा पाएका छन् । ‘बाबाले पनि पानी घट्ट चलाउनु भो, मैले पनि जान्ने भएदेखि नै पानी घट्ट चलाउँदै आएको छु । पानी प्रशस्त रहेको हिउँद वर्षा सबै समयमा पानी घट्ट चल्ने गरेको छ ।’-सञ्चालक कमलबहादुर बाह्घरेले भने ।

Forest
Forest
Ad.

गाउँमा राष्ट्रिय प्रसारणको विद्युत् सेवा पुगेको छैन । गाउँकै खोला नालाबाट लघुजलविद्युत् निकाले जनताले टुकीको विकल्प दिएका छन् । लघु जलविद्युत्को ठेगान नै छैन, कहिले बल्छ कहिले बल्दैन, दिउँसोमा लाइन बन्द गर्छन्, बिहान साँझ खोल्छन्, लघुमा मिल चलाउने पावर छैन।

पानी घट्टमा धान कुट्ने, मकै, गहुँ पिस्ने र तोरी पेल्दै आएको माथागढी वडा नंं ४ झडेवाकी विष्णुकुमारी सारुले बताइन । गाउँमा तोरी पेल्ने मिल छैन्। सबैतिरबाट मानिसहरु पानी घट्टमै तोरी पेल्न आउँछन्। सरकारी लाइन छैन । लघुविद्युत्को पावरले पुग्दैन। डाँडाबाट ओरालो झरेर खोलामा तोरी पेल्न आएका माथागढी मरमराका केशबहादुर रेग्मीले बताए।

आधुनिक विज्ञान र प्रविधिको कारण मानिसको जीवनस्तर परिवर्तन हुँदै गएको छ । हिजोका दिनमा भन्दा आजका प्रविधिको प्रयोगबाटै दुःखका कामहरु सजिलो तरीकाबाट गर्दै आएका छन्। पाल्पाको माथागढी गाउँपालिकाको वडा नंं. ५ देखि ८ सम्मको अधिकांश भागमा राष्ट्रिय प्रशारण विद्युत् पुगेका छैन, जसको कारण, स्थानीयवासीहरु घण्टौं उकाली ओराली गर्दै कुटानी, पिसानी र पेलानीको लागि पानी घट्टमा निर्भर रहनु परेको छ। -लुम्बिनी दैनिक

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया