Awareness

Dhurkot

पाल्पा साहित्य समाजद्वारा अग्रज साहित्यकार नलराज शास्त्री सम्मानित



ओझेलका खबर संवाददाता
७ महिना अगाडि


Place for ads

पाल्पा: पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा कार्यक्रम पवित्र देवतीर्थस्थल देवघाटमा सम्पन्न भएको छ।

Snow
Forest
Mountains

पाल्पा देउराली जन्म भई हाल देवघाट बसोबास गर्दै आउनु भएका नेपाली र संस्कृत वाङ्मयका विद्वान दर्जनौं कृतिका लेखक, ९० बर्षीय नलराज शास्त्रीलाई सम्मान गर्दै प्रमुख अतिथि साहित्यकार एवं इतिहासविद प्रा.डा. कर्णबहादुर बानियाँले ,” साहित्यकार नलराज नेपालले आध्यात्मिक साहित्यको क्षेत्रमा योगदान पुराउनु भएको छ भने पाल्पा साहित्य समाजले पुराना स्रष्टाहरूको खोजी गरि उहाँहरूलाई सम्मान तथा पुराना कृतिहरूको सार्वजनिकरण गर्दै आएको छ । अथकद्वारा लिखित अस्तित्वले फेरि एकपटक पाल्पा राज्यको इतिहासलाई सरलीकृत गरेको छ ” भनी शुभकामना मन्तव्यको क्रममा बताउनुभयो।

कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार शास्त्रीले पाल्पाबाट देवघाट आएर आफ्नो कर्मलाई सम्मान गरेकोमा खुशी र समाजलाई धन्यवाद प्रकट गर्दै अस्तित्व पढेपछि त्यसभित्रका बिषयबस्तु र यहाँका थप बिषयबस्तुहरू समेटी नयाँ कृति प्रकाशन गर्ने सोच रहेको बताउनु भयो। कार्यक्रममा साहित्यकार प्रा.डा. नारायण प्रसाद खनाल, डा. एकनारायण पौड्याल , डा. केशवराज चालिसे, प्रधुम्न चालिसे ,सावी चालिसे र चक्रशीला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिनाद्वारा सम्मानित व्यक्तित्व , पाल्पा साहित्य समाज र कृतिगत चर्चाका लागि शुभकामना व्यक्त गरिएको थियोे।

कार्यक्रममा पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति अस्तित्व र अग्रज साहित्यकार कृष्ण प्रसाद लाकोलद्वारा लिखित कृति लगायत अन्य कृतिहरू समेत पाल्पा साहित्य समाजले उपहार प्रदान गरेको थियोे ।

पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालनख/समन्वय पासासका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो