Clean Water Campaign

Awareness Campaign

एसईईमा ४ जीपीए ल्याएका गुल्मीका आशिषलाई बजागाजा सहित बजार परिक्रमा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: माध्यमिक शिक्षा परीक्षा एसईईमा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई बजागाजा सहित बजार परिक्रमा गरिएको छ। शुक्रवार रेसुङ्गा माध्यमिक विद्यालयले बाजगाजा सहित विद्यार्थी अभिभावक, शिक्षक तथा शुभचिन्तकको भव्य उपस्थितीमा खुसियाली साटासाट गरेको हो।

बस्नेत सहित एसईईमा उत्तिर्ण विद्यार्थीहरु सहभागि गराएर खुसीयाली सहित बजार परिक्रण गराइएको थियो । बिद्यालयले गरेको सफलतालाई आम शुभचिन्तकहरुसम्म साटासाट गर्न बजार परिक्रमण गरिएको बिद्यालयले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका आशिष बस्नेतले ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । यसवर्षको एसईई नतिजामा रेसुङ्गा माध्यमिक विद्यालय तम्घासका आशिष बस्नेतले ४ जीपीए ल्याएर जिल्लामै उत्कृष्ट भएका हुन्।

सिंचाई
Forest
Ad.

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अमरपुर निवासी बस्नेतले रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा चारदेखि अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ । विद्यालय सामुदायिक तथा संस्थागत विद्यालयतर्फ ४ जीपीए ल्याएर पास गर्नेमा जिल्लामै प्रथम भएको हो । त्यस विद्यालयबाट ८२ जना विद्यार्थीले एसईई परीक्षामा सहभागि भएका थिए।

यो पनि: गुल्मीमै ४ जीपीए ल्याएर एसईई पास गर्ने एक मात्र विद्यार्थी बने आशिष बस्नेत

यस अघि ०७५ सालमा सम्पन्न एसईई परीक्षामा राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। जसका कारण रेसुङ्गा मावि प्रदेशमा प्रथम र देशकै सर्वोत्कृष्ट दोश्रो स्थानमा पर्न सफल भएको थियो । गत २ वर्ष भने कोरोना महामारीका कारणले विद्यालयले नै आन्तरिक मुल्याङकन गरेका थिए।

शैक्षिक गुणस्तरका लागि विद्यालयका सबैको खटाईको कारण परिणाम हात प्राप्त भएको विद्यालय प्रधानाध्यापक प्रेमनारायण भण्डारीले बताए । हाल यस बिद्यालयले प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङतर्फ कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ ।

Awareness by SKF

यसै शैक्षिकसत्र देखि विद्यालयमा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकयमा कक्षा सन्चालन गर्न लागेको भण्डारीले बताए। गुल्मी जिल्लाका १४० वटा विद्यालयका ४ हजार ४२५ जना विद्यार्थी परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया