Salime Malika Krishi Farm

Awareness Campaign

मनसुन थप सक्रिय बन्दै, यि ठाउँमा भारी वर्षाको सम्भावना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: मुलुकभरका विभिन्न ठाउँमा आज बिहानैबाट वर्षा भइरहेको छ। देशभर मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सिंचाई
Forest
Ad.

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

भोलि बिहिबार प्रदेश १ का केही स्थानमा तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै शुक्रबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया