Smoking Causes Cancer

गुल्मीको एक वडा कार्यालयले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस दिएपछि…



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका- ८ का वडा अध्यक्ष होमबहादुर रानाले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस गरेपछि सामाजिक सञ्जालमा उक्त सिफारिस पत्र भाइरल भएको छ।

सोमबार वडाध्यक्ष रानाले सोही वडाका रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै विवाह नभएको भनेर सिफारिस गरेका थिए। सोही पत्रको माथिल्लो अंशमा रामबहादुर आलेकी श्रीमती भनिएको छ भने त्यसकै अन्तिम वाक्यमा उनको कहीँ कतै पनि विवाह नभएकोले अविवाहित हुन् भनेर उल्लेख गरिएको छ।

यसरी विवाहित महिलालाई अविवाहित भनि सिफारिस गरेपछि सो सिफारिस पत्र सामाजिक सञ्जालमा भाइरल भएको हो।

सिंचाई
Forest
Ad.

वडा अध्यक्ष रानाले भने प्राविधिक गड्बढीले यस्तो भएको बताएका छन्। ‘हो, त्यो सिफारिस मैले गरेको हो,’ वडा अध्यक्ष रानाले भने,‘उहाँको श्रीमानको मृत्यु भएको छ, त्यसैले उहाँ सामाजिक सुरक्षा भत्ताको लागि एकल महिला भएको सिफासिस बनाउन आउनु भएको हो, हामीले हिजो रातिसम्म काम गरिरहेका थियौँ, हतारमा मिस्टेक भएछ।’

उनका अनुसार गौमायाका श्रीमानको मृत्यु भएकोले सामाजिक सुरक्षा भत्ताको लागि एकल महिला भएको प्रमाण बनाउन वडा कार्यालय पुगेकी हुन्।

त्यस्तै, आइतबार गलत सिफारिस गरेको वडाले आज हिजोकै मिति उल्लेख गरेर गौमायालई अर्को पत्र बनाइदिएको छ। जसमा उनका श्रीमान रामबहादुर आलेको मिति २०७७ वैशाख १ गते निधन भएको र त्यसपश्चात कहीँ विवाह नगरेको उल्लेख गरिएको छ। (बिएल नेपाली सेवा)

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया