Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको चन्द्रकोटमा बजार क्षेत्रमा सोलार बत्ती जडान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाको बजारका मुख्य–मुख्य क्षेत्रमा सडक सोलार बत्ती जडान गरिएको छ। गाउँपालिकाको वडा नम्बर ८ मजुवा बजारमा २, वडा नम्बर ७ रुपाकोटको एक्लेपिपलमा १ वटा र वडा नम्बर ४ शान्तिपुर बजार क्षेत्रमा ४ वटा गरी जम्मा ७ वटा सोलार बत्ती जडान गर्ने काम गरिएको छ।

अघिल्लो आर्थिक बर्षको संघिय सशर्त वैकल्पिक उर्जा कार्यक्रम अनुसार कुल ७ लाख ६३ हजार ४ सय ५० रुपैयाँको लागतमा काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए । सोलार पातामा २५ बर्षको वारेन्टि, ब्याट्रीमा ५ बर्ष र अन्य सामानमा २ बर्षको वारेन्टि भएको बताए ।

गाउँपालिकाका अध्यक्ष युवराज केसीले अहिले सुरुवात गरिएको बताउदै आगामी दिनमा पालिकाका सबै स्थानमा जडानका लागी पहल गर्ने बताए । स्थानियले प्रयोग र संरक्षणमा ध्यान दिन सके जडानले सार्थकता पाउने दावी गरे।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया