Awareness

Get Vaccinated

गुल्मीको मुसिकोटमा रहेको कोटेश्वर मन्दिरको भजन नगरप्रमुख खरेलद्वारा विमोचन (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

महेश बोहरा, गुल्मी: जय जय कोटेश्वर लोक भजनको सोमबार एक कार्यक्रमबा बिच बिमोचन गरिएको छ। मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले सो लोक भजनको विमोचन गरेका हुन। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागी लोक भजन ल्याईएको हो।

उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेल, वडा नम्बर ५ आँपचौरका वडाध्यक्ष ऋषिश्वर अर्याल, निवर्तमान वडाध्यक्ष भागिरत खरेल लगायत स्थानीयको उल्लेखिय सहभागीता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताले शुभकामना दिदै प्रसंशनिय कार्य गरेको उल्लेख गरेका थिए । गीतमा घुम्दै कोटेश्वर मन्दिर आएका युवा युवतीलाई कोटेश्वर महादेव देवताले मनोकांक्षा पूरा गरिदिएर प्रेम सफल भएको कथावस्तु रहेको छ।

“प्रकृतिको देन लुकेको ठाउँ हाम्रो कोटेश्वरलाई बिश्वभर चिनाऔँ” भन्ने नाराका साथ म्युजिक भजन भिडियो सोही कोटेश्वर शिव मन्दिर, आँपचौरको चंडेश्वर मन्दिर र शिद्धेश्वर मन्दिरमा छायांकन गरिएको थियो । मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँट बस्ने किरण खरेलको पहलमा लोक भजनको अडियो गीत बनाईएको छ भने भिडियोका लागी स्थानियहरुले सहयोग गरेका छन ।

भिडियो ब्यवस्थापन तुलाराम तिवारी, बिष्णु अर्याल, सुरेश अर्यालको नेतृत्वमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण समाजसेवीद्वारा आर्थिक रकम संकल्न गरेर भिडियो निर्माण गर्ने कार्य गरिएको थियो । भिडियोमा मुख्य अभिनय डिलराज अर्याल, समिक्षा भट्टराईको रहेको छ। महेन्द्र कौशलको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन निसान सारु र कमल खत्री लगायतले गरेका छन ।

सो गीतमा शब्द ओम सेन्चुरी, लय र एरेन्ज महेन्द्र भन्डारी, स्वर ओम सेन्चुरी र लक्ष्मी खड्काको छ । उक्त मन्दिरलाई देश बिदेशमा प्रसारप्रसार गर्नका लागी गीत बनाएको जपानमा रहेका किरण खरेलले बताए । उक्त गीत अमलाबोट अनलाईन युट्युब च्यानलबाट बजारमा ल्याइएको छ । यही श्रावण ३० गते अन्तिम सोमबार कोटेश्वर महादेव मन्दिरमा वृहद भण्डारा सहित मेला लाग्ने किरण खरेलले जानकारी दिए।


 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया