Clean Water Campaign

Awareness Campaign

रानाको सफलताको कथा: कार्यालय सहयोगी हुँदै अहिले कार्यालय प्रमुख



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: सरकारी सेवामा निरन्तर संघर्ष र निष्ठाको परिणाम नै भन्नु पर्छ विगतमा झण्डै डेढ दशकसम्म कार्यालय सहयोगी रहेका एक कर्मचारी यति बेला गुल्मीको एक सरकारी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

जिल्ला हुलाका कार्यालय गुल्मीका निमित्त प्रमुख प्रेमबहादुर रानाले कार्यालय सहयोगीदेखि अहिले आर्थिक अधिकार सहितको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् । पाल्पाको तानसेन नगरपालिका-११ सामाकोट घर भएका राना २०४७ सालमा तानसेनस्थित सहरी विकास कार्यालयमा कार्यालय सहयोगीमा नियुक्त भएको बताउँछन् ।

एसएलसी पास गरेर सरकारी सेवामा प्रवेश गरेका उनले १६ बर्ष सम्म कार्यालय सहयोगी नै रहेर काम गरेको अनुभव सुनाए । २०६६ सालमा खरदारमा बढुवा भएका उनि गुल्मीको रिडी ईलाका हुलाक कार्यालयमा जिम्मेवारी सम्हाल्न आएको बताए । त्यस पछि पाल्पाको सविक जिल्ला विकास समितिमा सरुवा भएका उनि पाल्पाको तत्कालिन फेक गाविस सचिवको जिम्मेवारी दुई बर्ष सम्म सम्हालेको अनुभव सुनाउँछन् ।

सिंचाई
Forest
Ad.

आईए सम्म अध्ययन गरेका ५३ बर्षीय रानाले २०७८ साल चैत्र २१ गते लोक सेवा आयोगबाट नासु पदमा नाम निकालेर सोही मिति देखि हाल सम्म जिल्ला हुलाक कार्यालय गुल्मीको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । ‘आफु कार्यालय सहायक हुँदा हाकिमलाई चिया वा पानी के लिउँ सर ? भनिन्थ्यो अहिले साथीहरुले आफुलाई भन्छन्’- उनले भने- ‘कार्यालय सहयोगी देखि यहाँ सम्म आई पुगौंला भन्ने नसोचेको होईन किनकी मैले बेलैमा पढेको थिएँ र ईमान्दारि पुर्वक सरकारी सेवा गर्दै आईरहेको थिएँ, चट्टै नभए पनि नासु त पक्कै हुन्छु भनेको थिएँ , भएरै पनि छाडें । ’

उनले नेपालको हुलाक सेवा परिवर्तित युग र प्रवद्धि अनुसार प्रवाह गरिनु पर्नेमा जोड दिन्छन् । यस अघि त्यस कार्यालय प्रमुख रहेका हरिप्रसाद गैरे शाखा अधिकृतबाट उपसचिवमा बढुवा भए पछि हाल उनि जिल्ला प्रशासन कार्यालय गुल्मी कै सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा कार्यरत छन् । उनि पछि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएकी प्रमिला भण्डारी भने करिव ९ महिना बसेर काठमाण्डौतिर सरुवा भई गएको त्यहाँका कर्मचारीहरु बताउँछन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया