Awareness

गुल्मीको मुसिकोटका २९ वर्षीय युवकद्वारा ससुरालीमा आत्मह’त्या

खबर

Place for ads

हुकुम थापा, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-८, रुक्से स्थायी बसोवास भइ तिन बर्ष देखि ससुरालीमा बस्दै आएका बिवस सिंजाली केहि महिना पहिले बैदेसिक रोजगारीका लागि दुबै गएका थिए। त्यहाँ पुगेको महिनादिन नपुग्दै अचानक ब्लड प्रेसरले हान्यो र मरणासन्न अचेत अवस्थामा लामो समय आइसियुमा रहे। देस बिदेसबाट गाउँ गाउँ बाट लाखौं सहयोग उठ्यो। उनको उपचार भयो।

उनी नेपाल आएका थिए। नेपाल बसाइमा पनि उनको उपचार नभएको होइन स्वास्थ तथा हाँसिखुसी थिए। हाल ठिकठाक अवस्थामा देखिने उनी अचानक मुसिकोट नगरपालिका ६ चिदीपानी स्थित ससुरालीको घर भित्र श्रावण ४ गते साँझको समयमा पासो लगाएर मरेको अवस्थामा देख्नु परेको छ ।

Get Vaccinated

हिजो बिहानैदेखि मृतकको पत्नी अप्सरा रायमाझी सिंजाली घटना घटेको घरमा थिइनन्। सानो छोरालाइ उपचार गर्न तथा सिवाईसी बैठकमा जाने भन्दै वामी गएकी र रुक्से स्थित घरमा पनि पुगेर चिदिपानी फर्केकी उनले श्रीमानलाइ बार्दलीको कोठा भित्र झुन्डिएर मरिसकेको अवस्थामा फेला पारेको बताइएको छ। पत्निका बुबाआमा जापानमा हुनुहुन्छ भने मृतकका बुबा छम बहादुर सिंजाली र आमा चन्द्रकला सिंजाली हुन्।

प्रहरी नायब निरीक्षक हरि बहादुर वलीको निर्देशनमा हिजो साँझदेखि नै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। मृतकको मलद्वारबाट रक्तश्राव भएको सिनारियो देखिएकोले जिल्ला प्रहरीमा सम्पर्क गरी जिल्ला प्रहरीले खटाएको इन्स्पेक्टर रबिन्द्र कुमार श्रेष्ठको टोली घटनास्थलमा उपस्थित भइ स्थानीय प्रहरी र स्थानीय जन प्रतिनिधि समाजसेवी हरुको रोहबरमा घटनाको मुचुल्का तयार गरी पार्थिव शरीर पोष्ट मार्टमका लागि बिहिबार बिहान जिल्ला प्रहरी कार्यालय जिल्ला अस्पताल तम्घास लगिएको छ भने अनुसन्धानको कर्म चलिरहेको छ।

मृतकका दुइ सन्तान छोराहरु जिबन ६ बर्ष र रिजन ९ महिना को छन्, ठुलो बाबुले कक्षा १ मा पढ्दै छन्। स्कुल बाट ठुलो छोरा घरमा आउँदा मृतकले झुडिने तयारी गरिरहेका थिए। छोरालाइ देख्ना साथ तं तल जा भनेर आदेश दिएका थिए। केहिबेर पछि ६ बर्षको छोरा फेरि उक्त कोठामा पुग्दा मृतक झुन्डिएको देखे हार गुहार पनि गरे कराए रोए सुनिदिने कोही भएन। जब मृतककी पत्नी अप्सरा वामिबाट फर्केर घर आइन त्यसपछि सिंगो गाउँमा अँध्यारो छाएको छ।

यति गहिरो मायाप्रेम थियो यि दुई बिच,बिबाह बन्धनमा बाँधिएको करिब ८ बर्ष सम्म यिनिहरुमा तितो पिरो कहिल्यै देखिएन, बिदेशमा अलपत्र परेका श्रीमान बचाउन धेरै मेहनत गरेकि थिइनन्। अप्सराले उनकै चाहानामा श्रीमानलाई विदेशबाट उपचार गरी घर झिकाउने काम भएको सर्वविदितै छ।

Awareness by SKF

मानिस गर्दा पर्दा अप्ठ्यारो परिस्थितिमा ठोकिन पुग्छ जब मिडिया र समाजसेबि हरुको साथ पाउँछ फेरि सरल र सहज जिवनयापनमा फर्किन्छ तर यति सबै भुगतेर मृत्युलाई जितेर आएको युबा कसरी हठात् आत्महत्या जस्तो जघन्य अपराधलाई स्वाट्टै स्विकार गरेर ससुरालीको लकासीमा आफ्नै हातले आफुलाई पासो लगाउन कसरी सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *