Hi-Speed Computer

Awareness Campaign

माग्दै हिँडेका सचिनले निःशुल्क पढ्न पाउने, फेरी विद्यालयमा लगियो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: एक समय सचिन परियार बाल कलाकारको रुपमा चर्चामा आए। तिक्ष्ण प्रतिभा नभएपनि उनले बोल्ने शब्दहरु र केही दोहोरीका कारण उनी चर्चामा आए। लगत्तै उनले केही गीत समेत गाउने अवसर पाए। त्यस्तै केही टेलिश्रृङ्खलामा पनि अभिनय गरे।

उनको पारिवारिक अवस्था तथा विभिन्न समयमा उनले पढ्न ईच्छा व्यक्त गरेपछि ईन्द्रेणी समुहले काठमाण्डौको एक नीजि बोर्डिङमा निशुल्क पठनपाठनको व्यवस्था मिलायो । तर केही समय लगातार सचिन विद्यालय गएपनि पछि विस्तारै विद्यालय जान छाडे ।

केही व्यक्तिहरुका लागि कमाई खाने भाडो बनेको उनलाई त्यसपश्चात हेरचाह गर्ने र उनको बारेमा खोज्ने फुर्सद भएन् । बाबु तेजेन्द्र परियारले नै विद्यालय नपठाउने गरेको र पुन : पहिलेकै अवस्थामा उनी फर्किएपछि पुन : केही युटुबरहरुले उनको उद्धार गरेका छन् । केही समय अगाडी फेसबुकमा उनले पैसा माग्दै हिँडेको भिडियो भाईरल बनेपछि उनको खोजी भएको हो ।

Forest
Forest
Ad.

त्यसभन्दा अगाडी उनको विषयमा खोज्ने र बोल्ने कोही थिएनन् । अहिले सचिन परियारलाई उनकी आमाले रेखदेख र पालनपोषण गर्ने गरी जिम्मा लगाईएको छ भने उनको काठमाण्डौकै एक विद्यालयमा पठन पाठन गर्ने गरी व्यवस्था मिलाईएको छ । उनले अब काठमाण्डौको भद्रकाले शिक्षा सदनमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्न पाउनेछन् ।

बानेश्वर २ देविनगर स्थित विद्यालयले उनलाई निःशुल्क शिक्षा सगैं गास बासको व्यवस्था समेत गर्ने भएको छ । सचिनलाई पत्रकार मोहन घिमिरेले खोजी गरि उनको अवस्थाको बारेमा भिडियो सामाग्री प्रशारण गरेका थिए । उनै पत्रकार घिमिरे तथा,भोजराज थापा,जीवन पाण्डे र सुमन पन्थी लगायतको पहलमा उनलाई पुनः विद्यालयमा भर्ना गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया