Awareness Campaign

गुल्मीका खत्रीको मृगौलासंगै परदेशको कमाई सकियो, जिन्दगी भगवानको भरोसा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका-७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम गरे। घर फर्केर परिवारसंग रमाउने बेला दुवै मृगैला फेल भए। उनी उमेरले ४७ बर्षका हुन्।

खत्रीले उमेर र स्वास्थ्यले काम गर्ने बेलासम्म परिवारको खुसी र समृद्धिको लागि परदेशमै परिश्रम गरे । अब न कमाई न स्वास्थ्य । बल्लतल्ल कमाएको पैसा उपचारमै सकियो । अव भन्नुस्, गरिवलाई यो भन्दा पीडा के होला । गाउँमा खेती किसानी गरेर बिहान बेलुकाको जोहो गरिरहेको खत्री परिवारमा शेर बहादुरका दुवै मृगौला फेल भएपछि बेचैन सुरु भएको छ ।

भारतमा काम गर्दै थिए । एक महिना अघि खत्रीको एक्कासी रक्तचाप बढ्यो । उपचारको लागि अस्पतालहरु चहारे । उच्च रक्तचापको नियन्त्रणका नभएपछि डाक्टरले शल्यक्रिया गर्ने निधो गरे । तर, पनि उच्च रक्तचाप नियन्त्रणमा आउन सकेन । पछि मृगौलाको जाँच गर्दा दुवै मृगौला फेल भएको पत्ता भयो । मृगौला फेल भएपछि उनीसंगै परिवारका सन्नटा छायो ।

Forest
Forest
Ad.

खत्रीको अहिले भारतको मुम्बई स्थित सन्जीवनी भीड लाइट मेडि प्वाइन्टमा डायलासिस भइरहेको छ । डाक्टरले उनको मृगौला प्रत्यारोण गर्नुपर्ने सुझाव दिएका छन् । तर, धेरै रकम लाग्ने भएकाले परिवारसंग गत्तिलो आर्थिक स्रोत छैन।

अहिलेसम्म आठ लाख भन्दा धेरै खर्च भइसकेको परिवारले जनाएको छ । अस्पतालका अनुसार मृगौला प्रत्यारोपणका लागि अझै २० लाख भन्दा बढी खर्च लाग्छ । आमा लक्ष्मी खत्रीले छोरालाई मृगौला दिने योजना बनाएकी छन् ।

शेर बहादुरले आफ्नो स्वास्थ्यसंगै परिवारको बिचल्ली भएकोमा चिन्ता व्यक्त गरे। ‘म अस्पतालको बेडमा छु । बाँच्छु की मर्छु त्यो भगवान भरोसा भयो,’उनले भने,‘घरमा भर्खरै हुर्कदै गरेको सानो छोराको बिचल्ली हुने भयो ।’ खत्रीको परिवारमा तीन जना छन् । घरमा १४ वर्षका एक छोरा र श्रीमती छन् ।

खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न दिलकुमारी खत्रीको मोबाइल नम्बर ९८४७४२१२२४ र विष्णु गौतमको मोबाइल नम्बर ९८४०६७०२५० मा सम्पर्क गर्न सकिनेछ । भने प्रभु बैङ्कमा रहेको विष्णु कला खत्रीको खाता नम्बर १०५०१९४६६७९०००१९ मा सिधैं रकम जम्मा समेत गर्न सकिने परिवारजनले जनाएका छन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया