Salime Malika Krishi Farm

Awareness Campaign

अर्घाखाँचीमा ‘ड्रागन फ्रुट’ खेती



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सन्धिखर्क: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७, फुद्वांगका मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएक छन्। ३ वर्षदेखि आफ्नै घरको छतमा र नजिकैको खेतमा गरेको ड्रागन फलको खेतीबाट राम्रो आम्दानी भएको कृषक मेघबहादुर भट्टराईले बताए।

यस वर्ष ड्रागनले राम्रो उत्पादन दिएको र १० क्विन्टल उत्पादन हुने कृषक भट्टराईको भनाइ छ। १ बोटमा ५० किलोसम्म फलेको छ। बिक्रीको लागि कुनै समस्या नभएको र अहिले १ हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको कृषक भट्टराईले बताए । अहिले ड्रागन खोज्दै घरघरमा आएर लैजाने गरेको उनको भनाइ छ।

पूर्व मन्त्री लोकेन्द्र विष्टको खेतीबाट प्रभावित भएर ड्रागन खेती सुरु गरेका भट्टराईले भने, ‘सुरुसुरुमा त घरका छतमा र धान फल्ने खेतमा खेती गर्छु भन्छ। कसैले नदेखेको फल यो बौलायो भनेर पनि भने तर अहिले सबैले बिरुवा दिन परो भनेर भन्छन्। सबैले बिरुबा लगाउन सुरु गरेका छन्।’

सिंचाई
Forest
Ad.

ड्रागन फ्रुटले एकपटक लगाएपछि लगातार १५ वर्षसम्म फल दिने गर्दछ। यसको खेती गर्न र स्याहार सुसारमा पनि त्यति असहज नभएको उनको भनाइ छ। बजारमा ड्रागन फ्रुटको अत्याधिक माग रहे पनि उत्पादन गर्न नसिएको उनी बताउँछन्। यसरी उत्पादन गरेको ड्रागन फ्रुट घरमै प्रति केजी एक हजार रुपैयाँमा बिक्री हुने गरेको भट्टराईले बताए।

ड्रागन फ्रुट खेती समुद्री सतहदेखि चार हजार पाँचसय फिटको उचाइसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिन्छ। कम सिचाईमा लगाउन सकिने भएकाले जमिनमा सहजरुपले यो खेती गर्न सकिन्छ। ड्रागन फल औषधीयुक्त गुण भएकोले स्वास्थ्यका लागि निकै लाभदायक हुने मानिएको छ।

यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो। यसलाई ‘ड्रागन फल’ नामको अलवा मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदी नामले चिनिन्छ। सिउडी प्रजाति भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन। नेपालमा यसको खेतीयोग्य वातावरणले गर्दा ड्रागन फलप्रति किसानहरु दिनानुदिन आकर्षित भइरहेका छन्। नालिबेली न्यूज डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया