Awareness

Get Vaccinated

सशर्त अनुदान घटेको भन्दै बडिगाडमा केहि करार कर्मचारी हटाइए



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

कमल पौडेल, बडिगाड: बडिगाड गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङ, आधारभूत स्वास्थ्य सेवा केन्द्र खाल र आधारभूत स्वास्थ्य सेवा केन्द्र दर्लिङमा कार्यरत करार सेवाका सवै कर्मचारीको श्रावण १ गते देखि लागु हुने गरि सेवा नथप्ने भएको छ ।

बडिगाड गाउँकार्यपालिकाको श्रावण ३ गते भएको बैठकले सो निर्णय गरेको हो। कार्यपालिकाको बैठकले गाउँपालिका अन्तरगत भूमि आयोगका लगत प्रविष्टकर्ता, वडा नं. १, ४ र ८ का कार्यालय सहयोगी, आधारभूत अस्पताल ग्वालीचौरका स्टाफनर्स, तथा २०७९ बैसाख १ गते देखि करार सेवामा कार्यरत पालिका भित्रका सवै ल्यावका कर्मचारीहरुको करार थप नगर्ने निर्णय गरेको छ ।

५ महिना अघि सवै वडामा ल्याव सेवा संचालन गर्ने भन्दै गाउँपालिकाले करारमा ६ जना ल्याव टेक्निसीयन भर्ना गरेको थियो । शसर्त अनुदान तर्फ निकासा हुने आधारभुत स्वास्थ्य केन्द्र र सामुदायीक स्वास्थ्य इकाइ व्यवस्थापन गर्ने गरि आउने रकम कम आएपछि कर्मचारी हटाउनुपरेको कार्यालयले जनाएको छ ।

त्यस्तै पालिका भित्र अत्यावश्यक भएका इन्जिनियर, रोजगार संयोजक, रोजगार सहायक, कृषि तथा पशु प्राविधिक सेवाको लागि भने जनशक्ति आह्वान गरेको छ । त्यस्तै वडा नं. ८ मा रहेको देविस्थान प्रावि समायोजन हुने भएको छ । कार्यपालिकाको बैठकले सो विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेकोले नजिकैको विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो ।

बैठकले चालु वर्षको बजेट कार्यान्वयनलाई तदारुपताका अगाडि बढाउने निर्णय गर्दै कार्यतालिका समेत तय गरेको छ । जस अन्तरगत भाद्र १५ गते सम्म उपभोक्ता समिति गठन गर्ने, असोज १५ सम्म सम्झौता गरिसक्ने र असोज १६ र १७ गते सवै वडामा उपभोक्ता समितिलाई अभिमुखिकरण गर्ने जनाइएको छ । बैठकले बडिगाड गाउँपालिकाको स्थानिय पाठ्यक्रम स्वीकृत गरेको छ । बडिगाड गाउँपालिकामा यसै वर्ष देखि स्थानिय पाठ्यक्रम कार्यान्वयन हुनेछ ।

त्यस्तै फोहरमैला व्यवस्थापनको लागि प्रारम्भिक वातावरण प्रभाव मुल्यांकन सेवा खरिद गर्ने निर्णय गरेको छ । बडिगाड गाउँपालिकालाई सडक मानव मुक्त गराउन र सडक मानव व्यवस्थित गर्न मानव सेवा आश्रम बागलुङमा समन्वय गर्ने तथा सो आश्रमको लागि गाउँपालिकाको तर्फवाट १ कोठा भवन निर्माणको लागि १२ लाख आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया