Hi-Speed Computer

Awareness Campaign

दाङदेखि काठमाडौँ खाली खुट्टा यात्रामा निस्किए झनक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव युवा झनक बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा यात्रा सुरू गरेका छन्।

तुलसीपुर-११, जस्पुरका युवा बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन्।

बस्नेतलाई जिल्लाको बबई गाउँपालिका वडा नं. ३ को पतेरी चोकमा स्थानीयले साढे ८ बजेतिर स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए।

Forest
Forest
Ad.

त्यसअवसरमा उनलाई खादा माला र अबिर लगाई शुभ साइत मानिने दही खुवाइएको नेपाली कांग्रेस बबई–३ का सभापति प्रेम नागबागले जानकारी दिए।

स्वर्गीय नेता खुमबहादुरको नाममा यात्रा समर्पित यात्रामा निस्कनु भन्दा पहिले उनले कांग्रेस स्वर्गीय नेता खुमबहादुर खड्काको नाममा यात्रा सर्मपित भएको उल्लेख गरे।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको स्ट्याटसमा ‘जनचाहना विपरित अन्तराष्ट्रिय दलालहरूको आडमा पैसा खाएर धर्मनिरपेक्षता र संघीयता लादेर देशमा विपद निम्त्याएको’ उल्लेख गरेका छन्।

विद्यमान विपददेखि मुक्त पाउनका लागि खड्काले हिन्दु महाअभियान चलाएको हुँदा त्यसलाई समर्थन गर्दै आफूले खाली खुट्टा दाङ-काठमाडौं पैदल यात्राको थालनी गरेको बस्नेतले बताएका छन्। उनले धर्मनिरपेक्षता र संघीयता हटाउनु पर्ने माग पनि गरेका छन्।

Awareness by SKF

खड्काको त्यही विचारलाई आत्मसाथ गर्दै शिव भगवानलाई साँक्षी राखेर पहिला दाङदेखि काठमाडौं र पछि देशभर खाली खुट्टा पैदल यात्रा गर्ने बस्नेतले जानकारी दिएका छन्। सेतोपाटी डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया