Clean Water Campaign

Awareness Campaign

ओली सरकारले देशभर एकैसाथ शिलान्यास गरेको अस्पतालको गुल्मीमा विजोग: प्रगति शून्य



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन शिलान्यास गरेका ३९६ अस्पतालमध्ये गुल्मी अस्पतालको अवस्था विजोग छ। २०७७ साल मङ्सिर १५ मा तामझाम तथा हतारहतारमा ती अस्पतालको शिलान्यास गरिएको थियो।

केन्द्रीयमन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँगाउँ पुगेर एकै दिन तीनवटा अस्पतालको शिलान्यास गरेका थिए । शिलान्यास भएको झण्डै २० महिना पुग्दा पनि स्थानीय तहकामा अस्पतालको निर्माण कार्य शून्य जस्तै छ । यहाँको छत्रकोट गाउँपालिकास्थित १५ शैया अस्पताल लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलान्यास गर्नुभयो ।

छत्रकोट–४ शृङ्गामा अस्पतालको शिलान्यास गरेको २० महिना पुग्न लाग्दासमेत अस्पताल बन्ने नबन्ने टुङ्गो नै छैन् । शिलान्यास गरिएको जग्गा भवन मापदण्डअनुसार नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले बताए । शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर जग्गा व्यवस्थापन भएकाले पालिका अध्यक्षले अहिले पनि फाइल बोकेर डीपीआरका लागि केन्द्रीय स्तरका नेता र सङ्घीय मन्त्रालयमा धाइरहहेको उनले बताए ।

Forest
Forest
Ad.

मालिका गाउँपालिका-४, अर्खबाङमा पूर्वमन्त्री गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरे । उक्त अस्पताल शिलान्यासमै मात्र सीमित भएको छ । जग्गा विवाद भएका कारण अस्पताल निर्माण कार्य हुन नसकेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए । इस्मा गाउँपालिका-४, दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माणको काम सुस्तगतिमा भइरहेको छ । अलिहेसम्म फिल्ड सम्याउने काम सकिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए ।

सत्यवती गाउँपालिका-६, जुहाङमा भने पिल्लर राख्ने काम सकिएको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिए । अस्पताल निर्माणको कार्य हाल तीव्र गतिमा अगाडि बढेको भन्दै करिब ३५ प्रतिशत काम सम्पन्न भएको दाबी उनको छ । मदाने गाउँपालिका–६, पुर्कोटदहमा हिमदुम-एसी निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँ लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ। सो सम्झौताअनुसार पहिलो तलाको ढलान सकिएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताए ।

धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेसमा पहिरो गएका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै रुरु क्षेत्र गाउँपालिका-१ को रातामाटामा निर्माण भइरहेको अस्पतालको भवन निर्माण स्थलमा माटो राख्ने ठाउँका अभावका कारण समस्या भएको छ । सो अस्पताल १४ करोड ४२ लाख ८२ हजार रुपियाँको लागतमा निर्माण हुँदैछ। यो खबर गोरखापत्रबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया