Awareness

प्रचार प्रसारको अभावमा ओझेलमा बडिगाडको थानापति मन्दिर



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

बडिगाड: पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीयस्थल बागलुङमा धेरै छन्। सदरमुकामदेखि दूरदराजसम्म रहेका पर्यटकीयस्थलकै कारण यहाँ महिना अनुसार पुग्ने आन्तरिक पर्यटकको ठूलो लर्को लाग्छ।

त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर हो जिल्लाको बडिगाड गाउँपालिका-५ मा रहेको थानापति मन्दिर। योगीले तपस्या गरेर विलय भएको स्थानलाई पवित्र मानेर यहाँका सर्वसाधारणले पौराणिककालदेखि पूजाआजा गर्दै आएका छन्। सोही मन्दिरको थप व्यवस्थापन गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका लागिपरेको छ।

Get Vaccinated

ऋषिले तपस्यापछि विलय भएको मान्यता रहेको मन्दिर र आसपासको क्षेत्र पर्यटकका लागि आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। साउन महिनामा विशेष पूजाआजा हुने यस मन्दिरमा बागलुङको पश्चिम र गुल्मीको उत्तरी क्षेत्रका सर्वसाधारणको आस्था रहेको छ। यहाँ भक्तजनका हिसाबले पुग्ने धेरै छन् तर पौराणिक मान्यता र प्राकृतिक मनोरम दृश्य हेर्न पुग्नेमा भने प्रचार नपुगेका कारण मन्दिर ओझेलमा छ।

मन्दिरको जीर्णोद्धार र पर्यटकीय पूर्वाधार निर्माणको काम गरिरहेको छ । मन्दिरको जीर्णोद्धार र थप संरचनाको विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले डिपिआर नै तयार गरेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ।

योगीले देह त्याग गरेकाले यस मन्दिरमा मागेको पाइने जनविश्वास छ । वर्षभरि भाकल गरेर राखेका ध्वजा र प्रसाद साउनमा हुने पूजामा चढाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको मन्दिरका पुजारी लीलाधर घिमिरेले बताए । यहाँ पूजाका लागि पुग्ने सर्वसाधारणका कारण वर्षमा एक पटक ठूलो मेला लाग्छ । अन्य समयमा समेत धार्मिक मान्यताका आधारमा यहाँ पूजाआजाका लागि पुग्ने धेरै रहेको स्थानीयवासी बताउँछन्।

गाउँपालिकाले बनाएको डिपिआरअनुसार काम भएमा थानापति मन्दिर बडिगाडको धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुने गाउँपालिकाको विश्वास छ । सङ्घीय, प्रदेश र स्थानीय विभिन्न सङ्घ संस्थाको सहयोगमा यो मन्दिरको जीणर्ोद्धारसहितका संरचना बन्ने गाउँपालिकाले जनाएको छ । पर्यटनसँग जोडिने भएकाले आर्थिक उपार्जनको क्षेत्रसमेत यो मन्दिर तथा परिसर बन्ने गाउँपालिकाको अपेक्षा छ । तस्विर: देविराम घिमिरे/बडिगाड अनलाइन

Awareness by SKF

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया