Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पर्यटक आर्कषित गर्न छत्रकोटमा जिपलाईन संचालन गरिने भएको छ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्देश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो।

छत्रकोट देवालय गुल्मी क्षेत्रकै एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको नियमित गन्तव्यका रुपमा स्थापित गर्न जिपलाईन यस क्षेत्रका लागि नौलो र थप प्रभावकारी हुने देखिन्छ।

सिंचाई
Forest
Ad.

छत्रकोट गाउँपालिकाको आर्थिक वर्ष ०७९ ०८० को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय पर्यटन प्रर्वद्धन गर्न नीजी क्षेत्रलाई आव्हान गरी भेंडुवामा स्तरीय होटल समेत संचालन गर्ने विषय उल्लेख छ।

गाउँपालिकाभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रचारप्रसार गरी पर्यटक आकर्षण बढाउन पूर्वाधार निर्माणमा पनि जोड दिइने भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया