Awareness

Get Vaccinated

दुर्घटनाले गुल्मीका २८ वर्षिय पाल्पालीलाई चुँड्यो, शर्मिलाको सिउँदो पुछियो



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: साउनको पहिलो सोमबार। अधिकांश नेपाली महिलाहरुलाई झैं त्यस घर, टोल छिमेकका महिलाहरुलाई लगाएत गाउँका अन्य महिलाहरुमा साउनको पहिलो सोमबारले विहानैदेखि छोएको थियो। तीन वर्षपछि विदेशबाट घर आएका श्रीमान फेरी विदेश उड्ने तयारीमा थिए शर्मिला पाल्पालीका श्रीमान लेखबहादुर पाल्पाली।

त्यही क्रममा वलिथुमस्थित बहिनीलाई भेटेर आउँछु भन्दै श्रीमान घरबाट हिंडे तर, के मन सोँचेर र बीचबाटो बाटै फर्केर घर आए । उनले मोटरसाइकल खासै चलाउन जान्दैन्थे । त्यसैले पनि घर वरपर मोटरसाइकल चलाउँदै थिए । त्यही क्रममा मोटरसाइकल चिप्लो र ओरालोबाटोमा अनियन्त्रित भएर गुड्यो , केहि तल गएर एक घरमा ठोक्कियो । दुर्भाग्यः क्षणभरमै ती युवकको सारा सपना चुडिँयो ।

यो आज बिहान करिब साढे ११ बजेतिर गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्ग गाउँको घटना हो । त्यस गाउँका २८ वर्षिय लेखबहादुर पाल्पालीले त्यसरी अकल्पनिय रुपमा क्षणभरमै मोटरसाइकल दुर्घटनामा परि उनको र उनका सारा परिवारजनको सपना चुँडाएका हुन् ।

त्यस वडाका वडासदस्य भेषबहादुर फुन्जेली भन्छन्–‘ उनि यहि साउन ११ गते सउदी अरब उड्नका लागि काठमाण्डौ पुगेर दुईचार दिन अघि मात्र घर आएका थिए । त्यही क्रममा आज बिहान वलिथुममा रहेकी बहिनीसंग भेटघाट गरेर आउँछु भनेर घरबाट हिडेका रहेछन् । तर खै मन सोंचेर आधा बाटोमा पुगेका मान्छे फर्किएर घर आएका रहेछन् ।

घरदेखि करिब ५० मिटरको दूरीमा मोटरसाईकल चलाउँने क्रममा बर्षायाको चिप्लो र ओरालो बाटोमा नियन्त्रणमा राख्न खोज्दा खोज्दै मोटरसाईकल एउटा पलास्टर गरेको घरमा गएर ठोक्कीन पुग्यो र उनको दुःखद निधन हुन पुगेको हो । ’

उनका छिमेकी ६० बर्षीय यमबहादुर बलाल भन्छन्–‘ उनि तीन वर्षपछि चैत बैशाख तिर सउदी अरबबाट घर आएका थिए । आमाको मृत्युमा काज किरिया, वर्ष दिनको काम सकेर यहि साउन ११ गते सउदी मै उड्नका लागि टिकट हातमा ल्याएर बसेको बेला त्यस्तो दुखत घटना घट्न पुग्यो । ’

उनका अनुसार विदेश जानु पूर्व लेकबहादुर नेपालगञ्जमा होटल लाइनमा काम गरेर बस्थे । त्यही क्रममा उनले सुर्खेत तर्फकी युवतीसंग करिब ३ बर्ष अघि प्रेम विवाह गरेका थिए । अहिले उनै श्रीमती घरमा छन् , सन्तान जन्मिएका छैनन् । लेकबहादुरलाई गाउँमा अजय पाल्पालीका उपनामले पनि चिन्थे र उनको फेशबुक आइडीको नाम पनि त्यही छ ।

Awareness by SKF

गाउँको निकै होनहार युवा पाल्पालीलाई गुमाउनु पर्दा जुभुङ्गवासी शोकाकुल बनेको त्यहाँ स्थित ‘हाम्रो जुभुङ्ग राम्रो जुभुङ्ग’ नामक सामाजिक सञ्जाल सञ्चालक मिशन सारु बताउँछन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी माधवराज खरेलका अनुसार जुभुङ्गको हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्वरको मोटरसाईकल अनियन्त्रित भइ ठोक्किन जाँदा पाल्पालीको घटना स्थल मै मृत्यु भएको थियो ।

वडासदस्य फुन्जालीकाअनुसार पाल्पालीको शव सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा लिएर आए पनि आज पोष्टमार्टम हुन नसक्ने भने पछि भोलि आउने गरि जुभुङ्गबासी घर फर्किएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया