Awareness

Get Vaccinated

वामी-विश्व सम्पर्क मञ्चद्वारा स्व. किसन विश्वकर्माको परिवारलाई आर्थिक सहयोग



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: आज गुल्मीको मुसिकोट नगरपालिका-८ हुद्रुङकोट स्थायी बसोबास गर्ने स्व. किसन विश्वकर्माको पिडित परिवारलाई वामी-विश्व सम्पर्क मञ्चले आर्थिक सहयोग उपलब्ध गराएको छ। मृगौला पिडित किसन विश्वकर्माको आर्थिक अभावकै कारण उपचार अभावमा अल्पायु उमेरमा निधन भएको थियो।

उपचार कै क्रममा संस्थाले केकसरी रकम जम्मा गरेर बिरामी बचाउने भनेर छलफल गर्दागर्दै उपचारका क्रममा रहेका बिरामीको देहावसान भएकोले संस्थाको तर्फबाट आर्थिक अवस्था दयनिय रहेका पिडित कुमारी विकलाई राहत स्वरुप रु. २०,०००/- (बिस हजार) संस्थाको चेक मार्फत हस्तान्तरण गरेको हो।

विभिन्न संचारकर्मीहरुको उपस्थितिमा सम्पर्क मञ्चका अध्यक्ष ज्ञानेश्वर काफ्ले, उपाध्यक्ष डिलाराम सापकोटा र कोषाध्यक्ष महेश्वर घिमिरेले संस्थाको स्वास्थ्य सेवा कोषबाट पिडितलाई आर्थिक भरथेगका लागि उक्त सहयोग राशि हस्तान्तरण गर्नुभएको हो।

चहर्याएका घाउमा मल्हम
वामी विश्व सम्पर्क मञ्च, विश्वभर छरिएर रहेका वामेली मनहरुको साझा यौटा विशुद्ध मानव कल्याणकारी संस्था हो। यस संस्थाका विभिन्न शाखाहरु र नेतृत्वकर्ता यौटा अंतरराष्ट्रीय समन्वय समिति छ, समन्वय समितिले वामीमा रहेको मुल समिति मार्फत मानव कल्याण हेतु विभिन्न खाले समाजसेवाका कर्महरूलाई निरन्तरता दिदै आएको छ।

स्वास्थ्य, शिक्षा र संस्कृतीका क्षेत्रमा उल्लेख्य कार्यहरु गर्दै आएको सम्पर्क मञ्चको अंतरराष्ट्रीय समन्वय समिति प्रा.डा. ईश्वरी प्रसाद पाण्डेयज्यूको नेतृत्वमा रहेको छ भने मुल समितिका अध्यक्ष श्री ज्ञानेश्वर काफ्ले हुनुहुन्छ।

वामी-विश्व सम्पर्क मञ्चको सांस्कृतिक शाखाले द्वैबार्षिक रुपमा वामीमा गर्दै आएको नौमती बाजा महोत्सव यो बर्ष २०७९ को दशैँ कोजाग्रत पुर्णिमाको पर्सीपल्ट भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।

Awareness by SKF

एक दर्जन बढी बाजा समूहको वाद्यवादन प्रतियोगिताको साथै बृहत साँस्कृतिक कार्यक्रमको बिचमा उक्त दुइदिने महोत्सव वामी मेला सम्पन्न हुने छ।

उक्त साँस्कृतिक समितिको अध्यक्ष श्री बैकुन्ठ रायमाझीज्यू, प्रमुख सल्लाहकार प्रा.डा. जीवलाल सापकोटाज्यू र वरिष्ठ सल्लाहकार श्री राम के.सी. ज्यू हुनुहुन्छ। सँस्कृती संरक्षणको अभियानमा यो शाखाको महत्वपूर्ण योगदान रहँदै आएको छ। यो खबर हेमनाथ खराल र हुकुम थापाको सहयोगमा तयार पारिएको हो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया