Hi-Speed Computer

Awareness Campaign

खुट्टामा किरा परेर उपचार गराइरहेकी रानालाई पैसा नभएपछि औषधी रोकिन थाल्यो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: केहि समय अघि उपचार अभावमा मुसिकोट ३ की ५० बर्षीया पुतली रानाको खुट्टा कुहिएर किरा झरिरहेको विक्षिप्त अवस्थाको स्टोरी ओझेलका खबरमा प्रकाशित भएको थियो। केहि समयपछि उनको उद्धार गरेर काठमाण्डौ किर्तिपुर अस्पतालमा पुराएपछि उपचार भइरहेको थियो।

रानाको खुट्टाको अप्रेशन गरिएको छ। उपचार महङ्गो भएकाले आफुहरुले अप्रेशन र बेड चार्ज मात्रै निःशुल्क गर्न सकिएको किर्तिपुर अस्पताल प्रोग्राम चिफ कोर्डिनेटर हेमन्तध्वज जोशीले बताए। जोशीका अनुसार अहिलेसम्म औषधीको ९१ हजार ६ सय ४० र खाना, खाजा र बासको रकम बाँकी छ।

अस्पतालले अप्रेशन, बेड र अरु केहि खर्च गरेर करिव दुई लाख निशुल्क गरेको जोशीले बताए। उनले अब राना डिस्चार्जको नजिक भएकाले औषधी र क्यान्टिनको पैसाको लागि सहयोग गर्न नयाँपत्रिकाकर्मीसंग आग्रह गरे।

Forest
Forest
Ad.

‘अस्पतालको नीति बाहिर केहि गर्न सकिदैन। पैसाको अभावका कारण महत्वपूर्ण औषधी इन्टिबायोटिक समेत रोकियो,’ उनले भने, ‘अब अस्पतालमा जति राख्यो आर्थिक बोझ थपिने हो।’ कुमाल अस्पतालको बेड नं ३२१ मा छन्। उनी गाउँमा चिया पकाउँदा तातो पानी खुट्टामा परेपछि घाउ बल्झिएर समस्यामा परेकी थिइन्। रानाका श्रीमान छैनन्। छोराछोरीले वास्ता गर्दैनन्। केहि समयदेखि माइतको खाली घरमा बस्दै आएकी थिइन्। उनलाई मुसिकोट नगरपालिकाको ५० हजार आर्थिक सहयोगमा काठमाण्डौ पुराइएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया