Awareness

गुल्मीका १६ जना उद्यमी कृषकहरु सम्मानित

कृषि खबर खबर

Place for ads

गुल्मीः गुल्मीमा १६ जना कृषक उद्यमीहरु सम्मानित भएका छन्। कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा रहेर ब्यबसायीक रुपमा कृषि गर्ने १६ जना युवाहरुलाई सम्मानित गरेको हो।

सम्मानित हुनेहरुमा कालीगण्डकी गाउँपालिका वडा नम्वर एकका डिल्लीराम पाण्डे, सत्यवती ४ लिम्घाका प्रेम शाही,चन्दकोट ४ शान्तिपुरका उत्तम खत्री, मुसिकोट नगरपालिका वडा नम्वर ८ की चुमा घर्ती मगर,इश्मा ३ दर्लामचौरका गोकर्ण नेपाली,इश्मा ४ का ओम कुँवर,मदाने ३ का शोभबहादुर घर्ती,मुसिकोट ५ का मनोज पाण्डे र सरोज बेल्वासे,रेसुङगा १० का बिनोद कुँवर र ६ का प्रेम नेपाली रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

Get Vaccinated

यस्तै छत्रकोट १ का दानबहादुर पल्ली र ४ का चिरन्जिवी पन्थ ,रुरुक्षेत्र ४ का कुलचन्द्र ज्ञवाली र ५ का संजय ज्ञवाली र रेसुङगा नगरपालिका वडा नम्वर ८ की कमला भलामी रहेका छन्् ।

युवाहरुलाई कृषि क्षेत्रमा उत्साह प्रदान गर्न ब्यबसायीक रुपमा कृषि गर्ने युवाहरुलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरुलाई उपकरण, साना सिंचाई ,फलफूलका बिरुवाहरु लगायत प्राविधिक ज्ञानहरु प्रदान गर्दै आएको भण्डारीले दाबी गरे ।

कृषक उद्यमीहरुलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सम्मान गर्दै व्यावसायिक रुपमा कृषि र पशुपालन गरेमा स्वदेशमानै राम्रो आम्दामी गर्न सकिनेमा जोड दिए ।

Awareness by SKF

खत्रीले गुणस्तरीय उत्पादनमा जोड दिन बजारीकरणको लागि स्थानीय तहले ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरु तथा सरकारी कार्यालयका प्रमुखहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो। खबर मार्केट डटकममा यो खबर छ। तस्विर: तिलाचन पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *