Clean Water Campaign

Awareness Campaign

धुर्कोट गाउँपालिकाकी उपाध्यक्षले लिइन विपन्न तीन विद्यार्थीको पढाई खर्चको जिम्मा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मीमा आर्थिक अवस्था कमजोर भएका विपन्न तीन विद्यार्थीको शैक्षिक जिम्मा धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले लिएकी छन्।

धुर्कोट गाउँपालिका हाडहाडेमा रहेको सोमरभोमर माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बशन्ती घर्ती मगर, ५ मा पढ्ने बन्दना घर्र्ती मगर र कक्षा तीनमा पढ्ने बर्षा घर्ती मगरको ५ बर्षका लागि पढाउने जिम्मा लिएकी हुन्।

उनीहरुको घरको आर्थिक अबस्था निकै कमजोर भएकाले आफू गाउँपालिकाको उपाध्यक्ष पदमा पाँच बर्ष रहनुजेल सम्म शैक्षिक जिम्मेवारी लिने घोषण गरेको गिरीले बताइन् ।

सिंचाई
Forest
Ad.

घरको अवस्था र उनीहरुलाई देख्दा आफनो मनमा केही गर्नुपर्छ भन्ने लागेकाले पाँच बर्षका लागि आफनै छोरीहरु सरह मानेर ध्यान दिने उनको दाबी छ ।

बिद्यालयको बार्षिक उत्सवको अवसरमा आफूले उनीहरुलाई बिद्यालयको पोषाक र शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउँदै शैक्षिक क्षेत्रको पूर्ण जिम्मेवारी पूरा गर्ने उद्घोष गरिन् ।

उनीहरुले गाडीमा घुम्न जाने हामीहरुलाई रहर लागेको छ भनेकाले समय मिलाएर सदरमुकाम तम्घासमा घुमाउने ल्याउने आफूले योजना बनाएको गिरीले बताइन् । उनले गरीब विपन्नहरुको साथमा स्थानीय सरकार सधै रहेको बताउँदै आर्थिक अभावमा शिक्षा लिनबाट कोही पनि वञ्चित हुन नपर्ने दाबी गरिन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया