Awareness Campaign

गुल्मीमा झारफुकको नाममा डामेर र बुहारी हत्या गर्नेलार्ई जैन्मकैद



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: जिल्लाका चर्चित दुई घटनामा संलग्नलाई जन्म कैदको फैसला भएको छ। जिल्ला अदालत गुल्मीका अनुसार डामेर हत्या गर्ने श्रेष्ठ दम्पतीलाई जनालाई जन्मकैद भएको हो। मालिका गाउँपालिका-६ का रामप्रसाद श्रेष्ठ र श्रीमती शान्तिला श्रेष्ठलाई जिल्ला न्यायाधिश राधाकृष्ण उप्रेतीले जन्मकैद अर्थात २५ बर्षको कैद सजाय सुनाएका हुन्।

श्रेष्ट दम्पतीले ०७७ साल पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सञ्चो गराउने बहानामा विभिन्न धातुहरुलाई आगोमा तताएर डामेपछि इस्मा गाउँपालिका ३ का ६४ बर्षीय राम बहादुर मुखियाको मृत्यु भएको थियो । घटनामा राम बहादुरका छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएकी थिइन् ।

त्यस्तै जिल्ला अदालत गुल्मीले रेसुंगा नगरपालिका ३ भाडगाउँकी २१ बर्षीया सम्झना बोहोरालाई हत्या गरेर बोरामा फाल्ने ४७ बर्षीय लाल बहादुर खत्रीलाई पनि जन्मकैदको फैसला गरेको छ । न्यायधिश राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग माग दाबी बमोजिम जन्दकैद फैसला गरेको अदालतका सूचना अधिकारी तथा श्रेष्तेदार भिमप्रसाल भुसालले जानकारी दिए ।

Forest
Forest
Ad.

सम्झना २९ माघ ०७७ देखि परिवारको सम्पर्कमा थिइनन् । उनी हराएको दुई दिनपछि सासु टोमकला खत्रीले आत्महत्या गरिन् । परिवारले बेपत्ता बुहारीको खोजी र माइतीले मानसिक तनाव दिएर सासुले आत्हत्या गरेको भन्दै प्रहरीमा दुरुत्साहनको मुद्धा दर्ता गरे।

भाँडगाउँकी सम्झना हत्याकाण्ड सम्बन्धी यो रिपोर्ट हेर्नुहोस्:


प्रहरी प्रशासन घेराउ र नाराबाजी भए । प्रहरी प्रमुखको सरुवा भयो । अनौठो कुरा त आन्दोलनको नेतृत्व अभियुक्त खत्रीले गरेका थिए । अन्तत बेपत्ता भएको १९ दिनपछि बोहोराको शव घर नजिकको झाडीमा फेला प¥यो । खत्रीका शंकास्पद थुप्रै गतिविधी, गाउँमा गरेको पुराना काण्ड, कल डिटियल्स र स्थानीयको सूचनाका आधारमा प्रहरीले खत्रीलाई शब फेला पर्ने बित्तिकै पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको हत्यामा संलग्न दुई १७ बर्षीय बालकलाई १६ बर्ष आठ महिना कैद र १५ बर्षीय बालकलाई नौ बर्ष चार महिना १५ दिन कैद सजायँ भएको छ । भने सुशिल कुमाललाई १० महिना कैद सजायँ फैसला भएको श्रेष्तेदार भुसालले बताए । उनीहरुले ०७७ भदौ २१ गते आफ्नै पसलमा कुवंरको विभत्स हत्या गरेका थिए । करिव नौ महिनापछि प्रहरीले हत्यामा संलग्न भएका आरोपमा तीन जनालाई पक्राउ गरेर अदालत पेश गरेको थियो।

Awareness by SKF

रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकलाई बन्दुकले हत्या गर्ने पोम बहादुर घर्ति मगरलाई साढे १० बर्ष कैद र एक लाख पाँच हजार जरिवानाको फैसला भएको छ । घर्तिले मृग हान्ने क्रममा ०७७ माघ ३ गते विकलाई गोली हानेका थिए । हत्यामा संलग्न घर्तिलाई लामो समयपछि प्रहरीले फेला पारेर अनुसन्धानपछि अदालत पेश गरेको थियो।

तस्वीर: झारफुकको नाममा डामेर हत्या गरिएको इस्मा गाउँपालिका ३ का राम बहादुर मुखिया।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया